नेपाली कांग्रेसका संस्थापक नेता जननायक विश्वेश्वर प्रसाद कोईरालाको १ सय ११ औँ जन्म जयन्तीको अवसरमा गलकोटमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा नेपाली कांग्रेसका संस्थापक नेता जननायक विश्वेश्वर प्रसाद कोईरालाको १ सय ११ औँ जन्म जयन्तीको अवसरमा गलकोटमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य चम्पादेवी खड्काले नेपाली कांग्रेस पार्टीले देशका हरेक महत्वपुर्ण राजनितीक घटना क्रमहरुमा नेतृत्वदायी भुमिका खेलेको बताउनुभएको छ । उहाँले अव पनि संविधान संशोधन, समृद्धी लगायतका मुद्धाहरुमा पार्टीलाई केन्द्रित गर्दै विपी कोईरालाले देखाएको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य नर बहादुर पुन निरज, गण्डकी प्रदेश सांसद् दोर्ण कुँवर, नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सभापती जोकलाल बुढाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तथा प्रशिक्षण विभागका सदस्य छन्द बहादुर पहराई मगरले नेपाली कांग्रेसका नीति विधि लगायतको बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमको विषयवस्तुको बारेमा नेपाली कांग्रेसका जिल्ला सह सचिव फम बहादुर खत्रीले जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा बागलुङ जिल्ला क्षेत्र नम्वर २ को ६ वटै पालिकाका सभापती तथा प्रतिनिधीहरुले आफ्नो संगठनको गतिविधिको बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापती जित शेरचनको अध्यक्षता, गलकोट नगर सभापती विरजंग भण्डारीको स्वागत र सचिव गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
