जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिबाना र क्षतिपूर्तिबापत रकम पीडित किशोरीलाई दिनुपर्ने अदालतले भनेको हो । २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले गएको भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।
घुम्टे खबर
गलकाेट सातौँ बागलुङ महोत्सवको ११ औँ दिन शनिबार राति प्रहरीको आक्रमणबाट घाइते भएका नेपाल पत्रकार महासंघ बागलुङका सचिव तथा ईपरी न्यूज डट कमका सम्पादक विजय राना माथि प्रहरीले गरेको आग्रमण गरेपछि महासंघसहित विभिन्न पत्रकार संगठनहरुले भर्त्सना गरेको छ । प्रहरीले महोत्सवमा सहभागी भएर फर्किदै गरेका नागरिकमाथि निमर्म कुटपिट गरि रहेको र पत्रकार रानाले त्यसको तस्बिर र भिडियो खिच्दा उल्टै मोबाइल खोसेर उनलाई लाठी प्रहार गरेको थियो । प्रहरीको प्रहारले रानाको बाँया हातको हड्डी चर्किएको र शरीरका विभिन्न अंगमा निलडाम बसेका छन् । प्रगतिशिल पत्रकार संघ नेपाल, नेपाल पत्रकार महासंघ बागलुङ, नेपाल प्रेस युनियन बागलुङ र प्रेस चौतारी नेपालले प्रेस विज्ञप्ति…
पाण्डबखानी गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडकाे १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गलकाेट नगर कार्यपालिकाका सदस्य रामप्रसाद वि.कले इमेज सहकारीकाे हर्कट हुन नदिन सबै भन्दा महत्त्वपूर्ण शेयर सदस्य बचतकर्ता हरुकाे ठुलाे भुमिका रहेकाे भन्दै हाम्रै घर दैलाेमा रहेकाे दुई सहकारीमा ढुक्क भएर निमित बचत र शेयर राख्न आग्रह गर्नु भएको थियाे। सहकारीले हालसम्म३९८ शेयर सदस्य,२२ सयमाथी बचतकर्ता, करिव८ कराेड लगानी गरेकाे सहकारीले१७ लाख नाफा गरेकाे सहकारीका प्रबन्धक दिप घर्तिले जानकारी गराउनु भयाे साविक गाविस रिघा, सिसाखानी, रणसिहकिटेनी र मल्म र पाण्डबखानीलाइ कार्य क्षेत्र बनाएकाे छ । अध्यक्ष प्रतिवदन ज्ञान श्रीस, लेखा प्रतिवेदन…
पाण्डबखानी गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको न्यु घुम्टे एजुकेसनल एकेडेमी बोर्डिङ स्कुलमा अभिभावक शिक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयमा सञ्चालन हुने हरेक अतिरीक्त क्रियाकलापमा सहभागी भई प्रथम, द्धितिय र तृतिय विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै तिहारको अवसरमा सञ्चालन गरिएको देउसी भैलो कार्यक्रमबाट उठेको रकम समेत सार्वजनिक गरिएको थियो । उक्त देउसी भैलो कार्यक्रमबाट नगद रु १ लाख ९१ हजार रकम उठेको विद्यालयका शिक्षक खिम काउचाले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा सहभागिहरुले शिक्षक, विद्यार्थि र अभिभावक बिच त्रिकोणात्मक सम्बन्ध कायम गरि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम न्यु घुम्टे एजुकेसनल एकेडेमी बोर्डिङ…
जगिन्द्र वि.कविदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सभाकहलमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैंकको कार्य सुचारु गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैंकमा आबद्ध ६७ जना सदस्यलाई सपथ ग्रहण गराउनुुभएको थियो भने एक जना अर्थिक एक जना म्यनेजर र सुपर भाइजर सहित ७० जना युवायुवती लाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव शंसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैंक सञ्चालनमा ल्याइएको अध्यक्ष धन बहादुर विकले…
जापानजापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए । सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मको शक्तिशाली भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमवारयता जापानमा १ सय…
गोरखा गोरखाको पाँचखुवा देउरालीको भिरबाट लडेर गंभिर घाईते भएका १ जना बृद्वको उपचारको क्रममा मृत्यु भएको छ । ज्यान गुमाउनेमा बारपाक सुलिकोट गाँउपालिका–७ पाँचखुवा देउरालीका ८५ बर्षिय अमरबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए । सूचना अधिकारी श्रेष्ठका अनुसार मुलबारी घर भएका गुरुङ घर नजिकैको भिरबाट १०० मिटर तल खसेर गंभिर घाईते भएका थिए । गंभिर घाईते गुरुङलाई उपचारको लागी चितवनको भरतपुर लगिएको थियो । गुरुङको उपचारकै क्रममा सोही दिन राती ज्यान गएको बारपाक सुलिकोट गाँउपालिका-७ का वडा अघ्यक्ष कृण्ण गुरुङले बताए ।
पाण्डवखानी ।गलकोट १० पाण्डवखानीस्थित पाण्डवखानी माध्यमिक विद्यालय स्थापनाको ६० औं वर्ष पूरा भएको छ । विद्यालयले सोमबार स्थापना दिवसका साथै विभिन्न कार्यक्रमको आयोजना गरी हीरक जयन्ती मनाएको हो । शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यापक नरबहादुर सुनारले बताए । कार्यक्रमले विद्यालय के कस्तो अवस्थामा रहेको छ भनेर चित्रांकन गरेको उनको भनाइ छ । ‘धेरै कुरामा सुधार ल्याउनुपर्ने आवश्यक छ, गर्न चाहेको कुरा समेत गर्न सकिएको छैन’, उनले भने, अब परिवर्तनशिल भएर पढ्ने तथा पढाउने तरिकामा परिवर्तल ल्याउनुपर्छ, नयाँ शैक्षिक नीति ल्याउने तयारी छ ।’ कार्यक्रमलाई सहयोग पु¥याएका सबैलाई धन्यवाद दिँदै प्रध्यानाध्यापक सुनारले शैक्षिक गुणस्तरमा सुधार ल्याई…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार्न विद्यालय क्षेत्रलाई वर्गीकरण गर्ने नीति ल्याएको बताउनुभएको छ । त्यसका लागि विद्यार्थीको शिक्षा र स्वास्थ्यलाई समेत ध्यान दिने उहाँले बताउनुभयो। गलकोट नगरपालिका वडा नम्वर १० को पाण्डवखानी माविको हिरक महोत्सव तथा ६२ औं वार्षिकोत्सव उद्घाटन गर्दै उहाँले आगामी शैक्षिक वर्षदेखिनै नमुनाको काम सुरु भइसकेको बताउनुभयो । ‘ठूला विद्यालयलाई ’लिड’ विद्यालयको रुपमा विकास गर्ने, छरिएको बस्तीमा रेसिडेन्सियल विद्यालय बनाउने योजना छ,’ पाण्डेले भन्नुभयो, ‘दुरदराजको विद्यार्थीले पनि गुणस्तरीय शिक्षा पाउनु पर्छ ।’ उहाँले यो अभियानका लागि विद्यालयको वर्गीकरण गरेर पढाइ सञ्चालनका व्यवस्थापन सुरु भइसकेको समेत बताउनुभयो । गलकोट, बुर्तिवाङ जस्ता सहर उन्मुख क्षेत्रमा लिड…
यदि तपाईं आफू साइबर अपराधको शिकार हुनु भएको छ भने अनलाइनबाटै प्रहरी कार्यालयमा जाहेरी दिन सक्नुहुने छ । साइबर अपराध सम्बन्धी घटनाको जाहेरी दिँदा निश्चित ढाँचा प्रयोग गर्नुपर्छ । साथै पीडित र पीडकसँग सम्बन्धित यूआरएल लिङ्क, नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र, घटनाको विवरण र सम्बन्धित स्क्रिनशट/विवरणहरू समेत आवश्यक पर्छ । तपाईंले निवेदनको ढाँचा यहाँ क्लिक गरी पाउन सक्नुहुन्छ ।एडोबी एक्रोबेट जस्ता सफ्टवेयर प्रयोग गरी अथवा प्रिन्ट गरेर तपाईंले उक्त फाराममा विवरण भर्न सक्नुहुन्छ । नेपाल प्रहरीका अनुसार निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरू यस प्रकार छन्: • पीडित र पीडकसँग सम्बन्धित यूआरएल आईडी लिङ्क • नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र (नागरिकता, राहदानी, सवारी…