गलकोटकी सफिया पुन काठमाडौं महनगर बाट १ लाख नगदसहित सम्मानित भएकीछिन् । बागलुङकाे गलकोट नगरपालिका वडा नं १०, पाण्डवखानीकी २८ वर्षीया साेफिया पुन त्रिभुवन आर्मी क्लबबाट खेल्छिन्। नेपाली भलिबल टिमका लागि ब्लकरको भूमिकामा खेल्छिन् साथै अहिले नेपालको उत्कृष्ट खेलाडीभित्र पर्छिन्। सन् २०१९ मा दक्षिण एसियाली खेलकुदमा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन्।
त्रिभुवन आर्मी क्लबमा गरेको प्रदर्शनका कारण उनी राष्ट्रिय टोलीमा छनोट भएकी हुन्। त्रिभुवन आर्मी क्लबकी सफिया पुन आठौं आरबीबी-एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गत कर्णाली प्रदेशविरुद्ध जितमा प्लेयर अफ द म्याच भएकी थिन्। काभा महिला भलिबल प्रतियोगितामा नेपाललाई फाइनलसम्म पुर्याउन ठूलो भूमिका खेलेकी उनी धेरै जना युवा खेलाडीको लागि प्रेरणाको रूपमा उभिएकी छिन्। काभा नेसन्स लिगको उपविजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले १-१ लाख नगदसहित सम्मान पत्र प्रदान गरेको थियो। सम्मान प्राप्त गर्ने खेलाडीहरुमा उहाँ पनि पर्नु भएको थियो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खेलाडीहरुसँग भन्नुभयो, ‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो। खेलमा कुनै कमजोरी थिए। खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो। यसकारण, तपाईँहरुको प्रदर्शनले भलिवल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ।

