गलकोट (बागलुङ)। तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । संघीय सरकार अन्तर्गत २०७९ सालमा शुरू भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो । सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिए । उनका अनुसार चार सडक रु १ अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माण भइरहेकामा अर्थमन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन । चार सडकलाई चालू आर्थिक वर्षमा रु एक करोडका दरले रु चार…
घुम्टे खबर
अहिले अर्थतन्त्र दबाबमा छ । खासगरी २०७२ सालको भूकम्पले अर्थतन्त्रलाई क्षतविच्छेद बनायो । त्यति बेला पुनर्निर्माणका क्रममा जति स्वदेश तथा विदेशी सहयोग आए, त्यसमा हामीले जति लगानी गर्यो, त्यसले थोरै भए पनि अर्थतन्त्रलाई चलायमान बनायो । त्यसपछि लगातार तीन वर्षसम्म सात प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भई माथिल्लो स्तरको आर्थिक वृद्धि हुन गयो । त्यो हाम्रो पछिल्लो इतिहासकै राम्रो आर्थिक वृद्धि हो । त्यसपछि लगत्तै विश्वव्यापी कोरोना महामारी आयो । नेपालको मात्रै नभएर विश्वकै अर्थतन्त्र थला प¥यो । त्यसले नेपाल जस्ता मुलुकलाई काफी मात्रामा असर गर्यो। सापेक्षित रुपमा अरु देशहरुको तुलनामा कम असर परे तापनि समग्रमा हाम्रो अर्थतन्त्रमा गम्भीर असर देखिए…
गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। राति कोशी, मधेश र बागमती प्रदेश…
जगिन्द्र बि क(बसन्त/ताराखोला जिल्लाको ताराखोला गाउँपालिका वडा न २ सिलेका जित बहादुर वि.क.को रुस र युक्रेन को युद्धमा परि घाईते भएको र उपचारको क्रममा मृत्यु भएको छ । फेब्रुअरी ३ तारीक नेपालको माघ २० गतेका दिन युद्धमा घाइते भएको र उपचारका क्रममा मृत्यु भएको जानकारी आएको पारिवारिक स्रोतले बताएका छन । फागुन ७ गते मुत्यु भएको जानकारी मेनपावर बाट वि.क.को भाई फम बहादुर वि.क लाई मेन पावरका प्रतिनिधिले जानकारी दिएको बताउनु भएको छ । उनी नेपालबाट २०८० असोज महिना ११ गते रुस गएका थिए उनी रुसको शैनिक भई युद्धमा सहभागीता भएको बताईएको छ । लास नेपाल नआउने अवस्था बुझेपछी परिवारले नेपालमै सामाजिक संस्कार अनुसार ताराखोला…
कम्मर दुख्ने समस्याले जुनसुकै उमेरका व्यक्तिलाई सताइरहेको हुन्छ । यद्यपि ३० वर्षमाथिका व्यक्ति यो समस्याबाट अझ बढी पीडित भएको पाइन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार करिब ७० देखि ८५ प्रतिशत मानिसमा कम्मर दुखाइको समस्या हुन्छ । कम्मर दुखाइको एक मात्र कारण छैन । शारीरिक निष्क्रियता, बसाइको पोजिसन नमिल्नु, मोटोपन, एउटै पोस्चरमा लामो समय बसेर काम गर्नु, भारी सामान उचाल्नु, हड्डी कमजोर हुनु, निहुरिएर बसिरहनु, शरीरमा क्याल्सियम र भिटामिन डीको कमी हुनु, दुर्घटनामा परी मेरुदण्ड भाँच्चिनु जस्ता कारणले कम्मर दुख्छ । कम्मर दुखेमा सहेर बस्ने र अति गाह्रो भए पेन किलर खाने धेरैको बानी छ । नतिजास्वरुप…
गलकाेट नगरपालिका १० पाण्डबखानीमा दादुरा रुवेला खोप अभियान २०८०/८१ अन्तर्गत गलकाेट नगरपालिका १० पाण्डवखानी स्वास्थ्य चौकी द्वारा वडा खोप समन्वय समिति र महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका हरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । साथै पूर्ण खोप सुनिश्चितता वडाको लागि घर धुरी सर्वेक्षण र पूर्ण खोप सुनिश्चितता सम्बन्धी छलफल गरिएकाे थियाे। फाल्गुन १३ गते रमुवा सहरी स्वास्थ्य केन्द्र र १४ गते यहि पाणडवखानी स्वास्थ्य चौकीमा खोप अभियान सञ्चालन हुने हुदा ९ महिना देखी ५९ महिना मुनिका आ-आफ्ना बालबालिकाहरुलाइ नजिकैको खोप केन्द्रमा लैजानु हुन अभिभावकहरूलाई अनुरोध गरिएको छ। त्यस्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुराेध गर्दै पाण्डवखानी स्वास्थ्य…
नेपाल टेलिकमले सस्तोदरमा विदेशमा फोन गर्न सकिने १४२४ कोड हटाएको छ । नेपाल टेलिकमबाट विभिन्न देशमा सस्तोदरमा फोन गर्न सुरुमा १४२४ प्रयोग गर्न सकिने व्यवस्था थियो । हाल यो हटाएर नयाँ कोड राखिएको छ । टेलिकमका प्रवक्ता हरि ढकालले ‘सर्ट कोड’हरू धेरै भएर विस्तारै घटाउन यस्तो गरिएको बताए । विदेशमा सस्तोदरमा फोन गर्न अहिले १४२५ प्रयोग गर्न सकिने उनले जानकारी दिए । यस्तै, ०० अथवा १४४५ पनि प्रयोग गर्न सकिने उनले बताए । विभिन्न देशमा फोन गर्दा लाग्ने शुल्क र कोड हेर्न यहाँ क्लिक गर्नोस् ।
पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आजदेखि देशका धेरै स्थानमा बदली र वर्षा सुरु हुने भएको छ । शुक्रबारसम्म नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आजदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बिहीबारदेखि शुक्रबार सम्म वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै…
थम्मन थापा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ती बनाउने शिक्षा आजको आवस्यकता भएको बताएका छन् । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्षले आइतबारदेखि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले भनें, ‘अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छ ।’ पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ दिन्छ, तर युवा पलायन रोक्ने काम समाजको हो’ पाण्डेले भनें, ‘उत्पादन, बजार र रोजगारीमा युवा जोडिनुपर्छ ।’ गलकोट बहुमुखी क्याम्पसले क्युएएको…
गलकोट बहुमुखी क्याम्पसको आयोजनामा भोलीदेखि सञ्चालन हुने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को सम्पुर्ण तयारीहरु पुरा भएको छ । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि संगै भौतिक स्तरोन्नतीको लागि भोलिदेखी १३ गतेसम्म कमलनयन गौतमको प्रमुख वाचकत्वमा श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को आयोजना गरीएको छ । भोलीबाट सञ्चालन हुने महायज्ञ भव्य रुपमा सम्पन्न गर्नको लागि महायज्ञ सञ्चालन हुने स्थल गलकोट माद्यमिक विद्यालयको प्राङ्गणमा निर्माण गरिएको मण्डप सजिसजाउ पार्ने, मञ्च निर्माण गर्ने, कार्यक्रम स्थल, गलकोट नगरपालिका ३ हटिया बजारमा ध्वजापटका टाँग्ने, सरसफाई गर्ने, गेटहरु निर्माण गर्ने, कलशहरु सजिसजाउ पार्ने, फुलमाला तयार गर्ने लगायतका कार्यहरु आज सम्पन्न भएको मुल समारोह समितिका संयोजक…