घुम्टे खबर

बागलुङ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो । यस वर्षकाे यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेकाे छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गाेवर्द्धन पूजा/म्हः पूजा, २९ गते भाइटीका परेकाे छ ।

Read More

अपांगता भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालिन असक्तता, कार्यगत सिमितता र विद्यमान अवरोधका कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन वाधा भएका व्यक्ति भनेर बुझिन्छ । समाजमा कुनै बेला अपांगता भएका व्यक्ति अनविज्ञता, अन्धविश्वास, तिरस्कार, बेवास्ता र विभेदको शिकार बनेको जर्जर अवस्था थियो । समाजको विकाससँगै अपांगता भएका व्यक्ति धर्म, कर्म, उपकार र दयामायाको विषय हुँदै राज्यबाट विशेष सेवा र सुविधा पाउनु पर्ने वर्गको रूपमा स्थापित भए। नेपालको जनगणना २०७८ का अनुसार नेपालमा २.२ प्रतिशत जनसंख्यामा कुनै न कुनै खालको अपांगता छ। तथ्यांक अनुसार २.५ प्रतिशत पुरुषमा र २ प्रतिशत महिलामा अपांगता…

Read More

पोखरा । गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितलाई सघाउन कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई १ करोड सहयोग गर्ने निर्णय गरेको हो । ‘भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो । एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले १ करोड दिने निर्णय गरेका हौँ,’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने । गण्डकी सरकारले शनिबार नै भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधिसहित विषेशज्ञ चिकित्सकको टोली पठाएको थियो ।…

Read More

जाजरकोट ।शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् । पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुतेका थिए । राति निद्रामै भूकम्प आएपछि अहिले उनको बास खुला सडकै छ । पटक–पटक गइरहेका पराकम्पले उनको बास सडकमै भएको हो । यातायातका साधन एकातिरबाट…

Read More

काठमाडौँ ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । यस्तै रुकुम पश्चिमस्थित नं ४७…

Read More

बागलुङ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वय गर्न सबै दलहरु लाग्नुपर्ने बताएका छन । नेपाली काँग्रेस बागलुङको शुक्रबारदेखि सुरु भएको जिल्ला सम्मेलनको उदघाटन गर्दै काँग्रेस सभापति देउवाले संविधानको रक्षा गर्ने दाहित्व सबैको भएको बताएका हुन । संविधानको कार्यान्वय र संघीयताको बिषयमा बिरोधी गर्नुको कुनै अर्थ नरहेको उनले बताए । कहिकतै गुनासो आउने गरेको भएपनि संविधानको कार्यान्वय गर्न सबै लाग्नुपर्ने उनले जोड दिए । उनले अहिलेको अवस्थामा नेपाली काँग्रेस एक ढिक्का भएर अगाडी बढेको बताए । सम्मेलनमा नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्र्टी बनाउन सबै नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताएका छन । पार्टी मदबुत भए कार्यकतामा उस्साह थपिने छ,सिटौलाले…

Read More

यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जोडे । यस्तै कप्तान पौडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका…

Read More

देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् । यो अवधिमा शुक्रवारको दिन भने दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ । गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।

Read More

बागलुङ – कुनै उपलब्धि लगातार तीन पटक हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली फिल्म क्षेत्रमा पनि यो चलनचल्तीमा रहेको शब्द हो । कुनै निर्माता, निर्देशक वा कलाकारको लगातार तीन फिल्म हिट भयो भने यो शब्दले सम्बोधन गर्ने गरिन्छ ।  अहिले फिल्म क्षेत्रमा निर्देशक नारायण रायमाझीले ‘ह्याट्रिक’ रेकर्ड बनाउन सफल भएका छन् । लोकदोहोरीको राम्रो पहिचानपछि निर्देशनमा होमिएका रायमाझीको ‘परदेशी २’ सफल भएसँगै हिट फिल्म निर्देशनमा ह्याट्रिक रेकर्ड बनेको हो । यसअघि उनी निर्देशित दुई फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएको थियो । ‘परदेशी २’ गत २६ असोजबाट देशभर प्रदर्शनमा आएको फिल्म हो । फिल्म अहिले तेस्रो सातामा प्रदर्शनरत…

Read More

पाण्डवखानी।बाल संरक्षण मञ्चको आयोजनामा रिघामा भलिबल प्रतियोगिता तथा रेर्कड डान्स प्रतियोगिता हुने भएको छ । ‘युवाहरुको एकता, कला र संस्कृतिको संरक्षण गर्ने हाम्रो प्रतिवद्धता’ नारा सहित कात्तिक १५ गतेदेखि १९ गतेसम्म कार्यक्रम हुन लागेको हो । मञ्चको २३ औं वार्षिकउत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष सञ्जय श्रीसले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ मेडल र प्रमाणपत्र रहेको छ । महिला भलिबलमा विजेता हुनेले २२ हजार, दोस्रो हुनेले १२ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।नृत्य प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ६ हजार…

Read More