घुम्टे खबर

थम्मन थापा/बागलुङआगामी फागुन ६ गतेदेखि १३ गतेसम्म गलकोट बहुमुखी क्याम्पसमा सञ्चालन हुने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ सफल बनाउन ताराखोला गाउँपालिकामा भेटघाट तथा अन्तरकृया गरिएको छ । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक स्तरोन्नतीको लागि आयोजना गरिएको श्रीमदभागवत शैक्षिक ज्ञानमहायज्ञ कथा वाचक कमलनयन गौतमको प्रमुख वाचकत्वमा सञ्चालन हुने क्याम्पसले जनाएको छ । महायज्ञ सफल पार्नको लागि मूल समारोह तथा प्रचारप्रसार समितिका पदाधिकारीहरु जिल्लाका दश वटै पालिकामा प्रचार प्रसार, भेटघाट, अन्तरकृया सँगै निमन्त्रणा दिन पुग्ने गरेका छन । शैक्षिक ज्ञान महायज्ञको दिन नजिकिदैं गर्दा आज ताराखोला गाउँपालिकामा भेटघाट तथा अन्तरकृया गरिएको छ । अन्तरकृयामा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट…

Read More

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि संगै भौतिक स्तरोन्नतीको लागि आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म कमलनयन गौतमको प्रमुख वाचकत्वमा श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को आयोजना गरीएको छ । महायज्ञ सफल पार्नको लागि मूल समारोह तथा प्रचारप्रसार समितिका पदाधिकारीहरु अहिले देशका विभिन्न भागहरुमा महायज्ञको प्रचारप्रसार संगै निमन्त्रणा दिनको लागि हिडिराख्नुभएको छ । उक्त ज्ञान महायज्ञ सफल पार्नको लागि महायज्ञ मूल समारोह सफलपार्न आज गलकोट नगरपालिका वडा नम्वर १० को वडा कार्यालयमा भएको कार्यक्रममा संविधानसभा सदस्य निरज पुन, वडा अध्यक्ष भक्तबहादुर काउचा, पाण्डबखानी माध्यमिक विद्यालयका प्रतिनिधि, भुतपुर्व शैनिक संघ प्रतिनिधि, सुचना तथा संचार समिति संयोजक विरबहादुर चोखाल, संघसंस्था, पत्रकार लगायत…

Read More

थम्मन थापा(सन्देश) गलकाेट तत्कालिन विद्रोही नेकपा माओवादीको नेतृत्वमा सुरू भएको जनयुद्धको आज २९ औं जनयुद्व दिवस मनाईएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि सुरू भएको जनयुद्व २०६२/६३ सालको जनआन्दोलन सँगै अन्त्य भएको थियो । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको सुरुवात गरेको थियो । २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि जनयुद्वको औपचारिक रूपमा अन्त्य भएको थियो । शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । नेकपा माओवादी केन्द्र गलकोट…

Read More

रिघा बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ । करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोतसाधनमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैँचा बनाउन लागिएको हो । आकर्षक शैलीले निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थालेपछि व्यवस्थापनमा जोड दिइएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेको…

Read More

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित निकाल्दा शतकसहित ३ विकेट लिएकी रुबिनाले प्लेअर अफ दी म्याचको अर्वाड देशलाई समर्पण गरेकी छिन् । टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी रुबिना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा अविजित रहेकी थिइन् । नेपालले २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनाएको थियो । २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सलाई १३ रनमा अल आउट गर्ने क्रममा रुबिनाले बलिङतर्फ ३.५ ओभरमा २ रन खर्चिएर ३ विकेट लिइन् । माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले हराउने क्रममा कीर्तिमान प्रदर्शन गरेकी रुबिना म्यान अफ द म्याच भएकी…

Read More

नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो । यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ । सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण शुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो । एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो । देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।…

Read More

गलकाेट गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा डगाई श्रीस दाजुभाईहरुको भेटघाट सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा युके जान लाग्नुभएका पाण्डबखानी समाज युकेका प्रतिनिधि कुमार थापा श्रीस लगाएतर सब परिवार र रोजगारीकै शिलसिलामा जापान जान लाग्नुभएका दिपेस श्रीसको सबपरिवारलाई सफल यात्राको शुभकनामा सहति विदाई गरिएको हो । भुगोलले टाढा बनाए पनि जन्मभुमी प्रतीको माया सदैव रहिरहोस भन्दै दुबै परिवारजनमा यात्राको शुभकामना प्रदान गरिएको डगाई श्रीसका प्रतिनिधि देवनारायण श्रीसले जानकारी दिनुभयो ।

Read More

पोखरा ।पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै नदिने ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्रीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । उनीहरुले पोखरा महानगरपालिका १६ लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत् धम्क्याएको आरोप छ । उनीहरुले हिन्दी भाषामा गैरेसँग फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्याल्य कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । गैरे पोखरा १६ दीपमा रहेको सच्चाई सेवा केन्द्रका अध्यक्ष हुन्…

Read More

पोखरा ।खानेपानी, विद्युत तथा टेलिकमका तार भुमिगत गर्न भनेर पोखरा मुख्य चोकमा सडक खन्ने काम भइरहेको छ । विकास निर्माणका परियोजनाको काम समयमै सम्पन्न नहुँदा यातायात क्षेत्रमा प्रभाव पर्नुका साथै सर्वसाधरणलाई पनि समस्या परेको छ । महानगरका मुख्य बजार क्षेत्रका सडक भत्काएर क्षतविक्षत भएर अस्तव्यस्त छन् । सडक खनेर माटो, निर्माण सामग्रीले आवतजावतमा कठिनाइ हुँदा पोखरेली आक्रोशित भएका छन् । अमरसिंह-कुँडहरअमरसिंह कुँडहरमा रहेको विद्युत अफिसदेखि पृथ्वीचोक सम्म विद्युत तार भूमिगत गर्ने कार्य चलिरहेको छ । अस्तव्यस्त निर्माण कार्यले सर्वसाधारण, व्यवसायी समस्यामा परेका छन् । शहरको स्तरोन्तिका लागि भत्काइएका सडक समयमै निर्माण नहुँदा धुलो र खाल्डाखल्डीले दिक्दार बनाएको रमेश शिल्पकारले सुनाए…

Read More

मंगलबार गलकोटमा मृत अवस्थामा फेला परेका युवाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गलकोट नगरपालिका वडा नम्वर ९ वडागाउँका २४ वर्षीय नविन गौतम (नविन जैसी) माघ २३ गते मध्यपहाडी लोकमार्गको नालीमा मृत अवस्थामा फेला परेका थिए । उहाँको हत्या आरोपमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ स्थायी घर भई हाल गलकोटको एक रेष्टुरेण्टमा काम गर्दै आईरहेका २५ वर्षीय राजु भन्ने तेजेन्द्र महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।मादक पदार्थ सेवन गरी एकआपसमा झगडा हुँदा जैसीलाई भिरबाट धकेलेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । निज आरोपी…

Read More