घुम्टे खबर

बागलुङ यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । सङ्घीय सरकारअन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतका दुई वटासहित अन्य ठूला छ सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए। उनका अनुसार ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुर र क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनी हुँदै प्यूठान जोड्ने सडक स्तरोन्नति गर्न लागिएको हो । जिल्लामा ठूला सडक मानिने बागलु–बेनी सडक, पाखुट्टे–झिम्पा–निसी सडक, सहिद मार्ग, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने…

Read More

मालढुंगा कटेसी घुम्ती घुम्ती रोडआहा क्या राम्रो बाग्लुङ पञ्चकोट,बाग्लुङ नगरपालिका– ६ मा रहेको गन्तव्य बाग्लुङ पञ्चकोट आन्तरिक पर्यटक माझ प्रख्यात बनिरहेको छ। बाग्लुङ बजारदेखि ८ किलोमिटर उकालो चढेर पञ्चकोट पुग्न सकिन्छ । गुरुडसँगै बनेको मूर्ती र गण्डकी माताको मन्दिर यहाँको मुख्य आकर्षण हो । हनुमानको मुर्ती, कलश, सिसमहल, कलात्मक शैलीमा बनेको विभिन्न मन्दिर र ध्यान गुफाले पनि पर्यटक लोभ्याउँछ । २०७१ सालदेखि निर्माण सुरू भएको पञ्चकोटले धार्मिक मात्रै नभएर प्रकृतिसँग रम्न चाहाने पर्यटकलाई लोभ्याउँदैछ। बाग्लुङ, पर्वत, म्याग्दीसँगै कास्की, स्याङ्जा र चितवनका पर्यटक बढी पुग्ने गरेका छन् । यहाँबाट धौलागिरी, निलगिरी लगायत दर्जन हिमाल देख्न सकिन्छ । कालिगण्डकी माता र बाग्लुङ,…

Read More

गलकाेट गलकोट नगरपालिका वडा नम्वर ९ बडागाउँमा युवकको शव फेला परेको छ । गलकोट नगरपालिका वडा नम्वर ९ का २४ वर्षिय नविन गौतमको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । मृतक गौतम हिड्ने क्रममा चिप्लियर घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । बुधवार बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरीको टोली घटना स्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

बागलुङ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि २१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६० साल माघ २२ गते स्थापना भएको कम्पनीले आज विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जीएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ । गएको मंसिर मसान्तसम्म देशभरका २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढीले भ्वाइस सेवा तथा २ करोड १५ लाख ४४ हजार ३ सयभन्दा बढीले इन्टरनेट सेवा लिइरहेका कम्पनीले जनाएको छ । देशका दुर्गम तथा विकट ठाउँमा दुरसञ्चारको सेवा विस्तारका…

Read More

गलकाेट सहकारी बन्द गरेर ९ महिनादेखि सम्पर्कविहीन रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष देव कुमार नेपालीले आफुहरुसंग भएको सम्पूर्ण सम्पत्ती पीडितहरुलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपालीले माघ १९ गतेको मितिमा एक अपिल सार्वजनिक गर्दै आफु र आफ्नो श्रीमतिका नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ती सहकारीको नाममा गरिदिने प्रतिवद्धता जनाउनु भएको हो । सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्न नसकेपछि ०८० जेठ ५ गतेदेखि सम्पर्क विहिन भएका नेपालीले यस भन्दा पहिला मंसिर ५ गते सामाजिक सञ्जालमार्फत पीडितहरुको बचत फिर्ता गर्न आफु छिटै सार्वजनिक हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । नेपाली सहित इमेज सहकारीका…

Read More

गलकाेट मालपोत कार्यालय बुर्तिबाङका प्रमुख शोभाकान्त पौडेल कार्यालय समयमा मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको छ । दुई दिनदेखि कार्यालयमा उपस्थित नभएका पौडेल सरकारी निवासमै मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको हो । सोमबार कार्यालय भएकै घरमा बस्दै आउनु भएका पौडेल कार्यालयमा नआएपछि सेवाग्राही निवासमै पुग्दा मदिराले लठ्ठिएको अवस्थामा सेवाग्राहीले फेला पारेका हुन् ।निसीखोला गाउँपालिका– १ देविस्थाबाट सेवा लिन आउनु भएका धिरेन्द्र मल्लले आफ्नो सबै काम आइतबारनै सकिएको तर प्रमुख पौडेलको हस्ताक्षर नहुँदा सोमबारसम्म कुर्नु परेको बताउनुभयो । विहानैदेखि कार्यालयमा आएर कुर्दा पनि पौडेल नआएपछि धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको उहाँले सुनाउनुभयो । तमानखोला गाउँपालिका–३ तमान गाउँबाट सेवा लिन आउनु…

Read More

गलकोट बहुमुखी क्याम्पसको आयोजनामा आज पत्रकार सम्मेलन गरिएको छ । क्याम्पसले आगामी फागुन ६ गतेदेखी १३ गतेसम्म आयोजना गर्न लागेको श्रीमद्भागवत् शैक्षिक ज्ञान महायज्ञको जानकारी दिन पत्रकार सम्मेलन गरिएको क्याम्पसले जनाएको छ । कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्द सिंह भण्डारीले गलकोट बहुमुखी क्याम्पस गलकोट क्षेत्रको एकमात्र उच्च शैक्षिक संस्था भएको र गलकोटको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको बताउनुभएको छ । उहाँले गलकोट बहुमुखी क्याम्पसलाई गण्डकी प्रदेशकै नमुना क्याम्पस बनाउने उद्देश्यले शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको बताउनुभएको थियो । भण्डारीले पत्रकारहरुलाई शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्नुपर्ने कारण, उद्देश्य लगायतका विषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा उपस्थित…

Read More

थम्मन थापा/गलकाेट प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस सोमबार बागलुङ बजारमा मनाइएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङले स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान र चियापान आयोजना गरिएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यहरु मुकेशचन्द्र राजभण्डारी, कोपिला कँडेल, प्रेस चौतारी नेपाल जिल्ला समिति बागलुङका अध्यक्ष सृजना पन्त, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले श्रमजिवी पत्रकारको हकहितमा सबै पेशागत संगठनहरु एकतावद्ध भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रम प्रेस सेन्टर नेपाल जिल्ला समिति, बागलुङका उपाध्यक्ष संजन सिहंको अध्यक्षता र सचिव अनिष…

Read More

थम्मन थापा/गलकाेटसामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष युवा समाजसेवी दुर्गा थापाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन । गलकोट नगरपालिका ७ मल्म हाल जापानमा कर्म गर्दै आएका समाजसेवी थापाले श्रीमती सकुन केसी थापा र छोरा बिनम्र थापाको जन्मदिनको अवसरमा गलकोट नगरपालिका वडा नं ९ बाँसखोला, चित्रेथुम निवासी पुतली विश्वकर्माको परिवारलाई ७५ हजारको खाद्यान्न र नगद रु ५ हजार सहयोग गरेका हुन् । विश्वकर्माको परिवारलाई एक कार्यक्रमका बिच उक्त खाद्यान्न सामाग्री सहयोगी दुर्गा थापा र गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । विश्वकर्माको परिवारमा शारिरिक अशक्त बालबच्चा, पाका उमेरका…

Read More

क्षयरोग मुक्त अभियान कार्यक्रम अन्तर्गत पालिका स्तरीय क्षयरोग मुक्त अभियान समिति गठन तथा अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नेपाल सरकारको सशर्ततर्फ गलकोट नगरपालिकालाई क्षयरोग मुक्त घोषणा कार्यक्रम परेको हुँदा गलकोट नगरपालिकामा पहिलो चरणमा आज पालिका स्तरीय क्षयरोग मुक्त अभियान समिति गठन तथा अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको पहिलो चरणमा आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा २२ सदस्यिय पालिका स्तरीय क्षयरोग मुक्त अभियान समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे र सदस्य सचिवमा गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल रहनुभएको छ…

Read More