जिल्लाको बडिगाड गाउँपालिका भवनकाे औपचारिक उद्घाटन भएको छ । केही समयअघि निर्माण सम्पन्न भएपनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले संघियताले गाउँ गाउँमा करोडौंका भौतिक पूर्वाधार निर्माण मात्र नभई विकास निर्माणको बजेटसमेत गाउँमा आएको बताए । ‘हिजो जिल्लाबाट के योजना आउँछ भनेर कुर्ने अवस्था भएका गाउँमा आफ्नै नीति, कार्यक्रम र बजेटले विकास गर्न पाइएको छ’ उनले भने, ‘विकासले निरन्तर गति लिएको छ, अझै व्यवस्थित विकास गर्न आवस्यक छ ।’ बडिगाड गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएर काम गर्दा गाउँपालिकाबासीको समेत गर्व बढेको बताए । बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरबासीले दिएको साँढे ९…
घुम्टे खबर
थम्मन थापा/गलकाेटलायन्स कल्व अफ गलकोट सिटी, गलकोट घुम्टे र गलकोट भ्यालीको संयुक्त आयोजनामा गलकोट नगरपालिका ३ हटिया बजारमा थर्ड क्याबिनेट डिस्ट्रिक बैठक सम्पन्न भएको छ । शुक्रबार देखि सञ्चालन भएको कार्यक्रममा बागलुङ बजार, पोखरा, गोरखा, नुवाकोट र काठमाण्डौबाट ६ सय १८ जना लायन्स प्रतिनिधिहरुको सहभागिता रहेको थियो आज क्याबिनेट बैठकमा दक्षताको आधारमा काम गर्ने लायन्सहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा २ वटा प्रपोजल अनमोदन गरिनुका साथै गोरखाको आरुघाटमा भोकमा भोजन गर्न नपाएका पिडित मानिसलाई लक्षित गरि हङगर रिलिफ प्रोग्राम अन्तर्गत डेढ करोडको लगानीमा क्यान्टिन निर्माण, गलकोट नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने प्रस्तावलाई क्याबिनेट मिटिङबाट पास गरि लायन्स कल्व…
थम्मन थापा/गलकाेट गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च जापान शाखाले गलकोट नगरपालिका ३ हटिया बजार निवासी मनोज गन्धर्वलाई नगद रु ६१ हजार सहयोग गरेको छ । संस्थाले आज गलकोट नगरपालिका ३ हटिया स्थित वडा कार्यालयमा एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च गलकोटका अध्यक्ष धझहर बहादुर खत्रीले जानकारी दिनुभयो । स्वास्थ्य समस्या रहेका गन्धर्वलाई उपचारमा सहयोग होस भन्ने उद्येश्यले उक्त रकम सहयोग गरिएको गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च जापान शाखाका अध्यक्ष डम्मर बहादुर खत्रीले बताउनु भयो । संस्थाले समाजमा रहेका विपन्न असाहय परिवारलाई समय समयमा आर्थिक सहयोग गर्दै आईरहेको छ…
थम्मन थापा/गलकाेटलायन्स कल्व अफ गलकोट सिटी, गलकोट घुम्टे र गलकोट भ्यालीको संयुक्त आयोजनामा गलकोट नगरपालिका ३ हटिया बजारमा आज देखि थर्ड क्याबिनेट बैठक सुरु भएको छ । कार्यक्रममा पहिलो दिन लायन्स कल्वका अफिसर लेभलका सदस्यहरुले संस्थागत रिपोर्टिङ, कल्वले गरेका गतिविधीको बारेमा बैठकमा जानकारी गराएका थिए । बैठकको लायन्स कल्व अफ ईन्टरनेशनल ३२५डे का गभर्नर हरि प्रसाद मरहठ्ठाले सहजीकरण गरिरहनुभएको छ । यो कार्यक्रमले गलकोट क्षेत्रको पर्यटन प्रवर्द्वनमा टेवा पुराउने मुख्य उद्देश्य सहित लिडरसिप, फेलोसिप र सर्भिसमा केन्द्रित रहेर कल्वको सिद्वान्त बमोजिम कार्यक्रम सम्पादन गर्ने थर्ड क्याबिनेट बैठकका संयोजक नन्दराज तिमल्सिनाले जानकारी दिनुभयो । बागलुङको गलकोटमा ओयोजना भईरहेको क्याबिनेट बैठकका लागि…
बागलुङनेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय रानामाथी कुटपिट गर्ने प्रहरी कार्वाहीमा परेका छन् ।जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा प्रहरी नायव निरीक्षक अनुप केसी क्षेत्री कारवाहीमा परेका हुन् । समितिले दिएको प्रतिवेदनको आधारमा केसीलाई प्रहरी ऐन अनुसार बिभागीय कारवाही गरिएको प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्काले बताए । प्रहरी ऐन अनुसार कुनैपनि प्रहरी कर्मचारीले गरेको कसुरजन्य कामको उचित र पर्याप्त कारण खुलेपछि गरिने कारवाही गरिएको हो । दुइ पटक सम्मको स्पष्टीकरण साधेपछि केसीलाई नसिहत दिइएको थियो । त्यस्तै उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ । उनले गरेको कसुरमा सार्वजनिक माफीसमेत मागेका छन् । आगामी दिनमा यस्तो गल्ती…
आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङलगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा काठमाण्डौ उपत्यकासहित ठाउँठाउँमा मेला महोत्सव भएको छ । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा…
थम्मन थापा बागलुङ पौष २७ ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देश भर भव्य रुपमा मनाइएको छ । नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहले वाईसे चौविसे राज्यलाई एकजुट गरेर नेपालको सिमाना पुर्वमा टिष्टा काकडा हुँदै पश्चिम किल्ला काकडा सम्म पुराएकाले उनै नेपाल राष्ट्रका निर्माता शाहको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको हो । गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा भेला भई हटिया बजारको शिवालय मन्दिरमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्विरमा पुष्प गुच्छा, माल्यार्पण तथा श्रद्धासुमन अर्पण गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले जनाएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको…
जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिबाना र क्षतिपूर्तिबापत रकम पीडित किशोरीलाई दिनुपर्ने अदालतले भनेको हो । २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले गएको भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।
गलकाेट सातौँ बागलुङ महोत्सवको ११ औँ दिन शनिबार राति प्रहरीको आक्रमणबाट घाइते भएका नेपाल पत्रकार महासंघ बागलुङका सचिव तथा ईपरी न्यूज डट कमका सम्पादक विजय राना माथि प्रहरीले गरेको आग्रमण गरेपछि महासंघसहित विभिन्न पत्रकार संगठनहरुले भर्त्सना गरेको छ । प्रहरीले महोत्सवमा सहभागी भएर फर्किदै गरेका नागरिकमाथि निमर्म कुटपिट गरि रहेको र पत्रकार रानाले त्यसको तस्बिर र भिडियो खिच्दा उल्टै मोबाइल खोसेर उनलाई लाठी प्रहार गरेको थियो । प्रहरीको प्रहारले रानाको बाँया हातको हड्डी चर्किएको र शरीरका विभिन्न अंगमा निलडाम बसेका छन् । प्रगतिशिल पत्रकार संघ नेपाल, नेपाल पत्रकार महासंघ बागलुङ, नेपाल प्रेस युनियन बागलुङ र प्रेस चौतारी नेपालले प्रेस विज्ञप्ति…
पाण्डबखानी गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडकाे १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गलकाेट नगर कार्यपालिकाका सदस्य रामप्रसाद वि.कले इमेज सहकारीकाे हर्कट हुन नदिन सबै भन्दा महत्त्वपूर्ण शेयर सदस्य बचतकर्ता हरुकाे ठुलाे भुमिका रहेकाे भन्दै हाम्रै घर दैलाेमा रहेकाे दुई सहकारीमा ढुक्क भएर निमित बचत र शेयर राख्न आग्रह गर्नु भएको थियाे। सहकारीले हालसम्म३९८ शेयर सदस्य,२२ सयमाथी बचतकर्ता, करिव८ कराेड लगानी गरेकाे सहकारीले१७ लाख नाफा गरेकाे सहकारीका प्रबन्धक दिप घर्तिले जानकारी गराउनु भयाे साविक गाविस रिघा, सिसाखानी, रणसिहकिटेनी र मल्म र पाण्डबखानीलाइ कार्य क्षेत्र बनाएकाे छ । अध्यक्ष प्रतिवदन ज्ञान श्रीस, लेखा प्रतिवेदन…