पाण्डबखानी गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको न्यु घुम्टे एजुकेसनल एकेडेमी बोर्डिङ स्कुलमा अभिभावक शिक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयमा सञ्चालन हुने हरेक अतिरीक्त क्रियाकलापमा सहभागी भई प्रथम, द्धितिय र तृतिय विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै तिहारको अवसरमा सञ्चालन गरिएको देउसी भैलो कार्यक्रमबाट उठेको रकम समेत सार्वजनिक गरिएको थियो । उक्त देउसी भैलो कार्यक्रमबाट नगद रु १ लाख ९१ हजार रकम उठेको विद्यालयका शिक्षक खिम काउचाले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा सहभागिहरुले शिक्षक, विद्यार्थि र अभिभावक बिच त्रिकोणात्मक सम्बन्ध कायम गरि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम न्यु घुम्टे एजुकेसनल एकेडेमी बोर्डिङ…
घुम्टे खबर
जगिन्द्र वि.कविदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सभाकहलमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैंकको कार्य सुचारु गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैंकमा आबद्ध ६७ जना सदस्यलाई सपथ ग्रहण गराउनुुभएको थियो भने एक जना अर्थिक एक जना म्यनेजर र सुपर भाइजर सहित ७० जना युवायुवती लाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव शंसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैंक सञ्चालनमा ल्याइएको अध्यक्ष धन बहादुर विकले…
जापानजापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए । सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मको शक्तिशाली भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमवारयता जापानमा १ सय…
गोरखा गोरखाको पाँचखुवा देउरालीको भिरबाट लडेर गंभिर घाईते भएका १ जना बृद्वको उपचारको क्रममा मृत्यु भएको छ । ज्यान गुमाउनेमा बारपाक सुलिकोट गाँउपालिका–७ पाँचखुवा देउरालीका ८५ बर्षिय अमरबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए । सूचना अधिकारी श्रेष्ठका अनुसार मुलबारी घर भएका गुरुङ घर नजिकैको भिरबाट १०० मिटर तल खसेर गंभिर घाईते भएका थिए । गंभिर घाईते गुरुङलाई उपचारको लागी चितवनको भरतपुर लगिएको थियो । गुरुङको उपचारकै क्रममा सोही दिन राती ज्यान गएको बारपाक सुलिकोट गाँउपालिका-७ का वडा अघ्यक्ष कृण्ण गुरुङले बताए ।
पाण्डवखानी ।गलकोट १० पाण्डवखानीस्थित पाण्डवखानी माध्यमिक विद्यालय स्थापनाको ६० औं वर्ष पूरा भएको छ । विद्यालयले सोमबार स्थापना दिवसका साथै विभिन्न कार्यक्रमको आयोजना गरी हीरक जयन्ती मनाएको हो । शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यापक नरबहादुर सुनारले बताए । कार्यक्रमले विद्यालय के कस्तो अवस्थामा रहेको छ भनेर चित्रांकन गरेको उनको भनाइ छ । ‘धेरै कुरामा सुधार ल्याउनुपर्ने आवश्यक छ, गर्न चाहेको कुरा समेत गर्न सकिएको छैन’, उनले भने, अब परिवर्तनशिल भएर पढ्ने तथा पढाउने तरिकामा परिवर्तल ल्याउनुपर्छ, नयाँ शैक्षिक नीति ल्याउने तयारी छ ।’ कार्यक्रमलाई सहयोग पु¥याएका सबैलाई धन्यवाद दिँदै प्रध्यानाध्यापक सुनारले शैक्षिक गुणस्तरमा सुधार ल्याई…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार्न विद्यालय क्षेत्रलाई वर्गीकरण गर्ने नीति ल्याएको बताउनुभएको छ । त्यसका लागि विद्यार्थीको शिक्षा र स्वास्थ्यलाई समेत ध्यान दिने उहाँले बताउनुभयो। गलकोट नगरपालिका वडा नम्वर १० को पाण्डवखानी माविको हिरक महोत्सव तथा ६२ औं वार्षिकोत्सव उद्घाटन गर्दै उहाँले आगामी शैक्षिक वर्षदेखिनै नमुनाको काम सुरु भइसकेको बताउनुभयो । ‘ठूला विद्यालयलाई ’लिड’ विद्यालयको रुपमा विकास गर्ने, छरिएको बस्तीमा रेसिडेन्सियल विद्यालय बनाउने योजना छ,’ पाण्डेले भन्नुभयो, ‘दुरदराजको विद्यार्थीले पनि गुणस्तरीय शिक्षा पाउनु पर्छ ।’ उहाँले यो अभियानका लागि विद्यालयको वर्गीकरण गरेर पढाइ सञ्चालनका व्यवस्थापन सुरु भइसकेको समेत बताउनुभयो । गलकोट, बुर्तिवाङ जस्ता सहर उन्मुख क्षेत्रमा लिड…
यदि तपाईं आफू साइबर अपराधको शिकार हुनु भएको छ भने अनलाइनबाटै प्रहरी कार्यालयमा जाहेरी दिन सक्नुहुने छ । साइबर अपराध सम्बन्धी घटनाको जाहेरी दिँदा निश्चित ढाँचा प्रयोग गर्नुपर्छ । साथै पीडित र पीडकसँग सम्बन्धित यूआरएल लिङ्क, नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र, घटनाको विवरण र सम्बन्धित स्क्रिनशट/विवरणहरू समेत आवश्यक पर्छ । तपाईंले निवेदनको ढाँचा यहाँ क्लिक गरी पाउन सक्नुहुन्छ ।एडोबी एक्रोबेट जस्ता सफ्टवेयर प्रयोग गरी अथवा प्रिन्ट गरेर तपाईंले उक्त फाराममा विवरण भर्न सक्नुहुन्छ । नेपाल प्रहरीका अनुसार निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरू यस प्रकार छन्: • पीडित र पीडकसँग सम्बन्धित यूआरएल आईडी लिङ्क • नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र (नागरिकता, राहदानी, सवारी…
प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ । एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी छन् । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।
सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ, समान ब्यवहारको नारा घन्काईएको हुन्छ । अपाङ्गता भएका व्यक्तिहरूले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई पनि आज विश्व समुदायले विभिन्न माध्यम मार्फत अवलोकन र श्रवण गर्ने गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचना कालागि कुरा पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरूले अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिबद्धता राखेका हुन्छन् र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन् भन्ने याद दिलाउने दिन पनि हो । अपाङ्गता भएको जनसङ्ख्यालाई साथै लिएर…
त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका छन् । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुनैपनि विश्वविद्यालयबाट न्यूनतम १०० पूर्णाङ्क वा सो सरह अंग्रेजीसहित कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकोले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका हुन् । अंग्रेजी मात्रृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनैपनि विषयमा स्नातक तह…