बागलुङ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आव्हानमा बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा भएको प्रदर्शनमा झडप हुँदा १४ जना घाइते भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुवै पक्षका गरी १४ जना घाइते भएको राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव डाक्टर टिकाराम पोखरेलले जानकारी दिए। उनका अनुसार घाइतेहरूको पुरा विवरण भने आइसकेको छैन। प्रसाईं र युवा संघ दुवै पक्षको प्रदर्शनमा स्थलगत अनुगमन गरेको आयोगको टोलीले युवा संघले तीनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिए पनि बल्खुमा प्रसाईं पक्षले गरेको प्रदर्शनमा तनावपूर्ण स्थिति निम्तिएको सहसचिव पोखरेलले बताए। प्रदर्शनका कारण पठनपाठन अवरुद्ध रहेको, प्रदर्शन भएका क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाध रुपमा पेशा व्यवसाय गर्ने अधिकारमा असर परेको आयोगको निष्कर्ष छ। सर्वसाधारणले…
घुम्टे खबर
पाण्डवखानी ।गलकोट १० पाण्डवखानीमा रहेको पाण्डवखानी माध्यमिक विद्यालयले हिरक जयन्ती मनाउने भएको छ । २०१८ सालमा स्थापना भएको विद्यालयले ६० औं वर्ष पार गरेको अवसरमा मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म विभिन्न कार्यक्रम सहित महोत्सव मनाउन लागेको हो । विद्यालयका प्रध्यानाध्यापक नरबहादुर सुनारले कार्यक्रमले शैक्षिक तथा सामाजिक रुपान्तरणका लागि उल्लेखनिय सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘जुन ठाउँमा गए पनि आफ्नो गाउँ ठाउँको विकासका लागि सबै जना हातेमालो गरेर अघि बढ्नुपर्छ,’ उनले भने ‘कार्यक्रम विद्यालयको मात्र होइन सम्पुर्ण पाण्डवखानीवासीको हो कार्यक्रमलाई सफल बनाउन तथा विद्यालयको शैक्षिक गुणस्तर थप वृद्धि गर्न भूतपूर्व विद्यार्थी, अभिभावक, विद्यार्थी, शिक्षक सबैको समन्वय आवश्यक रहेको छ…
पोखरा ।पोखरामा हुने एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा एघार देशका ५५ खेलाडीले भाग लिने भएका छन् । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–विजय डाँडामा प्रतियोगिता हुँदै छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले नेपालसहित ११ देशका ५५ जना सहभागी हुने पक्का भएको जानकारी दिए । ‘८८ जनाले सुरुवातमा दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्ने टुंगाे लागेको छ । अर्को ठाउँमा हुने प्रतियोगिताको समय जुधेकाले केही सहभागी आउन सक्नुभएन,’ उनले भने । प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स क (३०–३९ वर्ष), मास्टर्स ख (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि),…
पाण्डवखानी । गलकाेट नगरपालिका १० पाण्डवखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमी बाेर्डिङ स्कुलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विदेशमा रहेर पनि गाउँमा हुने विकासका साथै विद्यालयमा सहयोग पुर्याउँदै आइरहेकाे भन्दै जापान समाज पाण्डवखानीका प्रतिनिधि रेखा घर्ति पुन र भारतीय सेनामा कार्यरत सागर पुनलाइ विद्यालयका शिक्षक खिम काउचाले सम्मान गरेका हुन् । उनिहरुले विद्यालयलाई १० हजार प्रदान गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्ध गरे । गलकाेट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विक, नगरसभा सदस्य रामप्रसाद विकले गाउँमा निजी विद्यालय सञ्चालनमा जाेखिम र चुनाैती रहेकाे बताए । पहिलेकाे भन्दा…
पोखरा ।छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ को उपाधि तनहुँकी २० वर्षीया विनु रानामगरले जितेकी छिन् । निर्णायकले सोधेको प्रश्नको जवाफसहित अन्तिम १० प्रतिस्पर्धीलाई पछि पार्दैै विनु यस वर्षको मिस मगर नेपाल बन्न सफल भएकी हुन् । उनले उपाधिको ताजसहित नगद पुरस्कार ७० हजार रुपैयाँ, अवार्ड प्राप्त गर्न सफल भइन् । उनले मोस्ट डेडिकेटेडको टाइटल अवार्डसमेत आफ्नो पोल्टामा पारिन् । म्याग्दीकी दिवा पाइजामगर फस्ट रनरअप भइन् । उनले फस्ट रनर अपको ताजसँगै मोस्ट पपुलर तथा मोस्ट ट्यालेन्टेडको टाइटल अवार्ड पनि जितिन् । उनले नगद पुरस्कार ३० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् । म्याग्दीकै कविता थापामगर सेकेन्ड रनर अप घोषित भइन्…
नेपाल सरकारले टिकटक एप बन्द गर्ने निर्णय गरेको छ । नेपालमा सर्वाधिक लोकप्रिय मानिएको यो एपलाई बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । टिकटकबाट सामाजिक सद्भावमा खलल पुगेको भन्दै सरकारले बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताएकी छिन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा आउने मन्त्री शर्माले बताइन् । उसो त टिकटक बन्द गर्ने नेपाल पहिलो देश भने होइन । यसअघि भारत लगायत आधा दर्जन देशले टिकटक एप बन्द गरिसकेका छन् । नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक संजालमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । केहीले सरकारको यो निर्णयमा खुशी व्यक्त गरेका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रतामा…
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमी बर्डिङ स्कुलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विदेशमा रहेर पनि जन्मभुमि गाउँमा हुने विकास संगै रहेक कार्यमा विशेषगरी विद्यार्थीलयमा सहयोग पुर्याउँदै आइरहेकाे भन्दै विद्यालयकाे तर्फदेखि जापान समाज पाण्डबखानीका प्रतिनिधि दिपक छन्त्याल, रेशम दर्जी र युके समाज पाण्डबखानीका प्रतिनिधि मिलन छन्त्याललाई स्वागत तथा सम्मान गरिएको शिक्षक खिम काउचाले जानकारी गराउनु भयाे । यसैविचएकमुष्ट २० हजार ५ सय सहयोग प्रदान गर्नु भएको थियाे । त्यस्तै सुनपानी गाउँमा हुने साना तथा ठुलाे कार्य संगै समाजप्रति माया गरेर नियमित सहयोग गरेकाे भन्दै सुनपानी…
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमी बर्डिङ स्कुलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विदेशमा रहेर पनि जन्मभुमि गाउँमा हुने विकास संगै रहेक कार्यमा विशेषगरी विद्यार्थीलयमा सहयोग पुर्याउँदै आइरहेकाे भन्दै विद्यालयकाे तर्फदेखि जापान समाज पाण्डबखानीका प्रतिनिधि दिपक छन्त्याल, रेशम दर्जी र युके समाज पाण्डबखानीका प्रतिनिधि मिलन छन्त्याललाई स्वागत तथा सम्मान गरिएको शिक्षक खिम काउचाले जानकारी गराउनु भयाे । यसैविचएकमुष्ट २० हजार ५ सय सहयोग प्रदान गर्नु भएको थियाे । त्यस्तै सुनपानी गाउँमा हुने साना तथा ठुलाे कार्य संगै समाजप्रति माया गरेर नियमित सहयोग गरेकाे भन्दै सुनपानी…
नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो। टिकटकले समाजमा नकारात्मक पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। यसको व्यवस्था भने सूचना प्रविधि मन्त्रालयले गरिरहेको छ। सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ।
कुकुरतिहार पनि आजै यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको…