प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ ।कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो,’उनले…
घुम्टे खबर
पाण्डवखानी ।गलकोट नगरपालिका ६ मजुवा फाँटमा पुस ८ गते देखि १५ गते सम्म बुकी कप हुने भएको छ । हिमालयन म्युजिक इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल भलिबल संघ, गण्डकी प्रदेश भलिबल संघ, जिल्ला भलिबल संघ बागलुङ, गलकोट उद्योग वाणिज्य संघ गलकोट र नगर भलिबल संघकोे सहकार्य र गलकोट नगरपालिका, गलकोट खेलकुद विकास समिति र गलकोट नगरपालिका ६ को समन्वय रहेको छ । बुकी कप कार्यक्रम संयाेजक : माेहन केसी भलिबललाई उजागर गर्नुका साथै प्रतियोगिताले गलकोटको पर्यटन प्रर्वधनमा टेवा पुग्ने विश्वास लिएको र्कायक्रम संयोजक मोहन केसीले बताए । ‘बजार, व्यवसाय, पर्यटन सुस्ताएको अवस्था…
सागर भण्डारी, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा बेबारिसे अवस्थामा फेला परेका बन्दुक प्रहरीले बरामद गरेको छ ।कार्तिक २१ गते मंगलबार स्थानीय केही व्यक्तिहरुको सुचनाको आधारमा बडिगाड गाउँपालिका वडा नं ८ रणसिंहकिटेनी स्थित गोरेटो बाटो नजिक मौरी भिरको ओडारमा बेबारिसे अवस्थामा ३ तीन नाल एक नाले भरुवा र १ एक नाल बाह्रबोर सहित ४ वटा बन्दुक फेला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव निरिक्षक मदन के.सीले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान हुँदै गरेको उहाँको भनाई छ । तस्बिर :सांकेतिक
सम्पादक : देउराज पुन तिहारतिहार हामी नेपालीहरुको महत्वपूर्ण चार्ड हो । तिहारलाई दिपावली र य मम पञ्चक पनि भनिन्छ । तिहार धेरै जसो कार्तिक महिनामा पर्छ । दशै पछि लगतै यो चार्ड आउँछ । दिपावलीका साथ लक्ष्मीपुजा, मह पुजा र भाई पुजाको विशेष महत्व नै तिहार हो । तिहारको पहिलो दिन काग तिहार पर्छ । हामीहरु कागलाई यमराजको दूत र सुचना बोक्ने पन्छिको रुपमा लिन्छौ । यस दिनलाइ पुजा गर्ने र मिठो चोखो खान दिने गरिन्छ । तिहारको दोस्रो दिन कुकुर तिहार पर्छ । कुकुर हामीहरुको सम्पतिको रक्षक वा घरपाले भनिन्छ । त्यसैले तिहारमा यसको पुजा गरिन्छ । मिठो चोखो खान…
पाण्डवखानी । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि छ ।
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्य सचिव रहने गरी कार्यदल बनाइएको हो। कार्यदलले काम सुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन समय तोकिएको बैठकमा अर्थमन्त्री महतले निर्देशन दिएका थिए। यो कार्यदललाई दुई वटा विषय म्यान्डेट दिइएको छ। गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने…
बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राती १० बजे मध्ये पहाडी लोकमार्गमा पर्ने ढोरपाटन, २ मलकटिबाङमा उक्त ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।दुर्घटनामा ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका, २ पाखुटे बस्ने २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ छिसफाटका ३२ बर्षिय अस्विन परियार रहेका छन् । पुन ट्याक्सीका मालिक तथा चालक तथा ट्याक्सी ब्यवसायी संघ बुर्तिबाङका उपाध्यक्षसमेत हुन् । ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको र सवार दुवै जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।
बागलुङ । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई…
बागलुङ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो । यस वर्षकाे यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेकाे छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गाेवर्द्धन पूजा/म्हः पूजा, २९ गते भाइटीका परेकाे छ ।
अपांगता भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालिन असक्तता, कार्यगत सिमितता र विद्यमान अवरोधका कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन वाधा भएका व्यक्ति भनेर बुझिन्छ । समाजमा कुनै बेला अपांगता भएका व्यक्ति अनविज्ञता, अन्धविश्वास, तिरस्कार, बेवास्ता र विभेदको शिकार बनेको जर्जर अवस्था थियो । समाजको विकाससँगै अपांगता भएका व्यक्ति धर्म, कर्म, उपकार र दयामायाको विषय हुँदै राज्यबाट विशेष सेवा र सुविधा पाउनु पर्ने वर्गको रूपमा स्थापित भए। नेपालको जनगणना २०७८ का अनुसार नेपालमा २.२ प्रतिशत जनसंख्यामा कुनै न कुनै खालको अपांगता छ। तथ्यांक अनुसार २.५ प्रतिशत पुरुषमा र २ प्रतिशत महिलामा अपांगता…