पोखरा । गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितलाई सघाउन कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई १ करोड सहयोग गर्ने निर्णय गरेको हो । ‘भूकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो । एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले १ करोड दिने निर्णय गरेका हौँ,’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने । गण्डकी सरकारले शनिबार नै भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधिसहित विषेशज्ञ चिकित्सकको टोली पठाएको थियो ।…
घुम्टे खबर
जाजरकोट ।शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् । पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुतेका थिए । राति निद्रामै भूकम्प आएपछि अहिले उनको बास खुला सडकै छ । पटक–पटक गइरहेका पराकम्पले उनको बास सडकमै भएको हो । यातायातका साधन एकातिरबाट…
काठमाडौँ ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । यस्तै रुकुम पश्चिमस्थित नं ४७…
बागलुङ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वय गर्न सबै दलहरु लाग्नुपर्ने बताएका छन । नेपाली काँग्रेस बागलुङको शुक्रबारदेखि सुरु भएको जिल्ला सम्मेलनको उदघाटन गर्दै काँग्रेस सभापति देउवाले संविधानको रक्षा गर्ने दाहित्व सबैको भएको बताएका हुन । संविधानको कार्यान्वय र संघीयताको बिषयमा बिरोधी गर्नुको कुनै अर्थ नरहेको उनले बताए । कहिकतै गुनासो आउने गरेको भएपनि संविधानको कार्यान्वय गर्न सबै लाग्नुपर्ने उनले जोड दिए । उनले अहिलेको अवस्थामा नेपाली काँग्रेस एक ढिक्का भएर अगाडी बढेको बताए । सम्मेलनमा नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्र्टी बनाउन सबै नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताएका छन । पार्टी मदबुत भए कार्यकतामा उस्साह थपिने छ,सिटौलाले…
यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जोडे । यस्तै कप्तान पौडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका…
देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् । यो अवधिमा शुक्रवारको दिन भने दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ । गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।
बागलुङ – कुनै उपलब्धि लगातार तीन पटक हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली फिल्म क्षेत्रमा पनि यो चलनचल्तीमा रहेको शब्द हो । कुनै निर्माता, निर्देशक वा कलाकारको लगातार तीन फिल्म हिट भयो भने यो शब्दले सम्बोधन गर्ने गरिन्छ । अहिले फिल्म क्षेत्रमा निर्देशक नारायण रायमाझीले ‘ह्याट्रिक’ रेकर्ड बनाउन सफल भएका छन् । लोकदोहोरीको राम्रो पहिचानपछि निर्देशनमा होमिएका रायमाझीको ‘परदेशी २’ सफल भएसँगै हिट फिल्म निर्देशनमा ह्याट्रिक रेकर्ड बनेको हो । यसअघि उनी निर्देशित दुई फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएको थियो । ‘परदेशी २’ गत २६ असोजबाट देशभर प्रदर्शनमा आएको फिल्म हो । फिल्म अहिले तेस्रो सातामा प्रदर्शनरत…
पाण्डवखानी।बाल संरक्षण मञ्चको आयोजनामा रिघामा भलिबल प्रतियोगिता तथा रेर्कड डान्स प्रतियोगिता हुने भएको छ । ‘युवाहरुको एकता, कला र संस्कृतिको संरक्षण गर्ने हाम्रो प्रतिवद्धता’ नारा सहित कात्तिक १५ गतेदेखि १९ गतेसम्म कार्यक्रम हुन लागेको हो । मञ्चको २३ औं वार्षिकउत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष सञ्जय श्रीसले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ मेडल र प्रमाणपत्र रहेको छ । महिला भलिबलमा विजेता हुनेले २२ हजार, दोस्रो हुनेले १२ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।नृत्य प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ६ हजार…
गुल्मी : जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी परेका छन्। कार्तिक १३ गते बिहान जंगल भेटिएको बिषालु च्याउ खाना पकाएर खाँदा इस्मा गाउँपालिका-६ अमरपुर बुल्मका तीनजना बिरामी परेका हुन् । बिरामी पर्नेमा इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय बिमल कुमाल र आठ वर्षीय सुस्मा कुमाल जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनाको उपचार मिसन अस्पताल पाल्पा भइरहेको छ। उनीहरुले कार्तिक १३ गते बिहान खानामा जंगली च्याउ खाएका थिए। उपचाररत तीनैजनाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
काठमाडौं ।नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलले जानकारी दिए । एमालेले भर्खरैमात्रै सात प्रदेश कमिटीको अधिवेशन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए । पार्टीका जनसंगठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामी मंसिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले सुनाए । पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैतमा पार्टी सदस्यता नवीकरण अभियान…