सुरेश छन्त्याल

हङकङमा क्रियाशील नेपाली समुदायको साझा खेल संस्था Baglung Sports Hong Kong ले आगामी १७ फेब्रुअरी २०२६ मा २६औँ खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता Tuen Mun, Hong Kong मा सञ्चालन गरिने जानकारी संस्थाका कोषाध्यक्ष शिब श्रीसले दिनुभएको छ। संस्थाले विगत वर्षहरूदेखि निरन्तर रूपमा खेलकुद कार्यक्रम आयोजना गर्दै आइरहेको छ। विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई गाउँघरको झल्को दिलाउने, आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने तथा युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ। यस वर्षको प्रतियोगितामा महिला तर्फ ६ टिम र पुरुष तर्फ ७ टिमले दर्ता गराइसकेको आयोजक समितिले जनाएको छ। दर्ता भएका टिमहरूबीच प्रतिस्पर्धा…

Read More

नेपाली कांग्रेस नगर कार्यसमिति गलकोटको आयोजनामा घरदैलो कार्यक्रम तथा सम्पर्क कार्यालय स्थापना कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा आयोजित विशेष बैठक तथा प्रतिनिधि सभामा पार्टीका विभिन्न तहका नेता तथा उम्मेदवारहरूले सहभागिता जनाउँदै आफ्ना धारणा राखेका थिए। कार्यक्रममा नगर सभापति विरजंङ भण्डारी, केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार टेकराज पौड्याल, सह–सचिव सञ्चालन टिकाराम, समानुपातिक उम्मेदवार रेनका काउचा, प्रदेश ‘क’ का प्रदेश सभापति तिलक घर्ति, जिल्ला सह–सचिव फमबहादुर खत्री, महाधिवेशन प्रतिनिधि मन्जेश बम मल्ल र भरत शर्मा, तथा प्रदेश सभा सदस्य दोर्ण कुँवरलगायतले आ–आफ्नो भनाइ राखेका थिए। वक्ताहरूले लोकतन्त्रलाई मजबुत बनाइराख्न, संविधानको रक्षा गर्न तथा समुदायका वास्तविक समस्या र आवाज केन्द्रसम्म पुर्‍याउन नेपाली…

Read More

बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित पाण्डवखानी माध्यमिक विद्यालयद्वारा शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयबाट हालै शिक्षक सेवाबाट अवकास लिनुभएका नन्द बहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीको सम्मान तथा सार्वजनिक अभिनन्दन गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य एवं पाण्डवखानी माध्यमिक विद्यालयका संरक्षक निरज पुन प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको अवसरमा रमुवा देखि विद्यालयसम्म बाजागाजासहितको सम्मान यात्रा निकालिएको थियो। नन्द बहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीलाई विद्यालय प्राङ्गणमा सम्मानपूर्वक अभिनन्दन गरिएको हो।सम्मान कार्यक्रममा विभिन्न संघ–संस्था, वडा कार्यालयका प्रतिनिधि, भूपू विद्यार्थी, आमा समूह, टोल सुधार समिति, नेपाल प्रहरी तथा शिक्षक–कर्मचारीहरूको…

Read More

गलकोट नगरपालिका वडा नम्बर १० पाण्डबखानीका निवर्तमान वडा सदस्य तथा समाजसेवी धनबहादुर थापाको लगानीमा सुनपानी र गहिराभाटि जोड्ने मोटरबाटो मर्मत कार्य गरिएको छ। वर्षायाममा सडक बिग्रिएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो। सो समस्या समाधान गर्न समाजसेवी थापाको पहल र व्यक्तिगत लगानीमा सडक मर्मत गरिएको हो। सडक मर्मतपछि सवारी आवागमन सहज भएको छ भने स्थानीयवासीले राहत महसुस गरेका छन्। स्थानीयले सामाजिक जिम्मेवारी वहन गर्दै विकासमा योगदान पुर्‍याएकोमा थापाप्रति धन्यवाद व्यक्त गरेका छन्।

Read More

गलकोट नगरपालिका–१०, पाण्डवखानी (तल्लो फुर्से) निवासी, भारतीय सेना अन्तर्गत ४ औँ आसाम राइफलबाट सेवा अवकाश प्राप्त तथा २०५४ सालमा साविक पाण्डवखानी–४ का वडाध्यक्षका रूपमा जनप्रतिनिधि रही सामाजिक सेवामा सक्रिय रहनुभएका सिद्धथान सोरठी समूहका जेष्ठ सक्रिय सदस्य स्वर्गीय श्री धनबहादुर पुनको यही मिति २०८२ साल माघ ५ गते, ९१ वर्षको उमेरमा आकस्मिक निधन भएको छ। स्वर्गीय पुनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज गलकोट नगरपालिका–१० को कार्यालय, घुम्टे खबर, पाण्डवखानी माध्यमिक विद्यालय, भूपू शैनिक संघ, न्यु घुम्टे एजुकेशनल एकेडेमी, नेपाली कांग्रेस वडा समिति लगायत विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ। श्रद्धाञ्जली सभामा स्वर्गीय पुनले समाज, राजनीति तथा…

Read More

नेपाली कांग्रेसले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि टेकराज पौडेललाई बागलुङ क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा आधिकारिक रूपमा टुङ्गो लगाएको छ। पार्टीको पछिल्लो बैठकले उहाँलाई यस क्षेत्रको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो। पार्टीभित्रको फेरबदल र नयाँ नेतृत्व माघ २०८२ मा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई नयाँ सभापतिका रूपमा निर्वाचित गरेपछि पार्टीमा युवा पुस्ताको सक्रियता बढेको छ। टेकराज पौडेल पनि यही युवा र वैचारिक धारको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिनुहुन्छ। उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ र उहाँको उम्मेदवारीलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढीकरणको रूपमा हेरिएको छ। नेपाल विद्यार्थी संघ…

Read More

गलकोट नगरपालिका–१० पाण्डवखानीमा अवस्थित सामाजिक संस्था पञ्चधारा युवा परिवारको आयोजनामा ऐतिहासिक तथा धार्मिक स्थल पञ्चधारामा “पञ्चधारा जाऔँ, ऋषिश्वरको दर्शन गरौँ, पुण्य कमाऔँ” भन्ने मूल नारासहित २९औँ वार्षिकोत्सव, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति मेला पुस २८ गतेदेखि सञ्चालन भएको मेला आज सम्पन्न भएको छ।  जसमा विविध कार्यक्रमहरु मध्य कुर्ची डाैड प्रतियोगितामा प्रथम दिपा श्रीस, द्धितिय सुस्मिता श्रीस बराल, तृतीय धनमाया श्रीस, पौड पुरुष भलिबल प्रतियोगितामा प्रथम सरस्वती युवा क्लब रमुवा, दोस्रो आयोजना टिम (a), पुरुष भलिबल प्रतियोगितामा प्रथम सरस्वती युवा क्लब रमुवा, दाेस्राे शान्ति युवा विकास मञ्च , महिला भलिबल प्रतियोगितामा प्रथम रणसिह युवा समुह, दाेस्राे धर्म पाेखरी समाज…

Read More

गल्कोट नगरपालिका–१० पाण्डवखानीस्थित श्री पाण्डवखानी माध्यमिक विद्यालयका वरिष्ठ शिक्षक गिरी थापा औपचारिक रूपमा सेवा अवकासको चरणमा प्रवेश गर्नुभएको छ। लामो समयसम्म एउटै विद्यालयमा समर्पित भएर शिक्षण पेसामा संलग्न थापा स्थानीय स्तरमा शिक्षा, संस्कार र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।शिक्षक थापाले आफ्नो सेवाकालको अधिकांश समय श्री पाण्डवखानी माध्यमिक विद्यालयमै बिताउँदै हजारौँ विद्यार्थीलाई ज्ञान, अनुशासन र नैतिक मूल्यका पाठहरू प्रदान गर्नुभयो। उहाँको शिक्षण कक्षा कोठामा सीमित नरही विद्यार्थीको जीवन व्यवहार, सोच र सामाजिक जिम्मेवारी निर्माणतर्फ केन्द्रित रह्यो। थापाबाट अध्ययन गरेका धेरै विद्यार्थी आज शिक्षक, कर्मचारी, डाक्टर, इन्जिनियर, पत्रकार तथा विभिन्न पेशागत क्षेत्रमा स्थापित भई समाज र राष्ट्रको सेवामा…

Read More

काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष तथा नेपाल विद्यार्थी संघ (नेबिसंघ) बागलुङका पूर्व अध्यक्ष खडक थापाकी ममतामयी माता जहिकली थापाको आज बिहान ७३ वर्षको उमेरमा अकस्मात दुःखद निधन भएको छ। उहाँको निधनले सिङ्गो नेपाली कांग्रेस बागलुङलाई अतुलनीय क्षति पुगेको जिल्ला सभापति जित सेरचनले जानकारी दिनुभएको छ। उहाँले यस दुःखद घटनाले पार्टी पङ्क्ति अत्यन्तै मर्माहत भएको बताउनुभयो। यस शोकपूर्ण घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। यसैबीच, नेपाली कांग्रेस बागलुङका जिल्ला तहका शीर्ष नेताहरूले पार्टीको झण्डा अर्पण गर्दै दिवंगत थापाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Read More

लोक तथा आधुनिक शैली मिसिएको ए प्रदेशी मायालु(कौंरा गीत)” लाई गायिका ज्ञानु राना मगर र लक्ष्मी गुरुङले यूट्युबमा सार्वजनिक गरेकी छन्। यो गीतले परदेशमा काम/बस्ने नेपालीहरुको मायालु सम्बन्ध, भावनात्मक दूरी र प्रियजनप्रतिको यादलाई संगीतात्मक शैलीमा प्रस्तुत गर्दछ। उपलब्ध भिडियोले शीतल मौसममा चियाको चुस्की लिदै हेर्नु उपयुक्त मनोरञ्जन सामग्रीको रूपमा नेपाली दर्शकको मन जित्ने अपेक्षा राखिएको छ। साथै, गीतलाई अमेजन म्युजिकमा पनि स्ट्रीमिङ उपलब्ध गरिएको छ, जसले यसलाई अझ धेरै श्रोतासम्म पुर्‍याउने छ। यस गितको भिडियो हेर्नका लागि यहा क्लिक गर्नुहोस् https://m.youtube.com/watch?v=HfnchjfwSQQ&fbclid=IwVERDUAO-GV5leHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEe6lJyp8T-NaJWjLBZX1IIA1crg0S-hr-3LtYjvKh6_DnNyjrfZakGyvgPXxE_aem_poadzxNCbeq9qcZfJOa-pQ 

Read More