नेपाली कांग्रेस नगर कार्यसमिति गलकोटको आयोजनामा घरदैलो कार्यक्रम तथा सम्पर्क कार्यालय स्थापना कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा आयोजित विशेष बैठक तथा प्रतिनिधि सभामा पार्टीका विभिन्न तहका नेता तथा उम्मेदवारहरूले सहभागिता जनाउँदै आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा नगर सभापति विरजंङ भण्डारी, केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार टेकराज पौड्याल, सह–सचिव सञ्चालन टिकाराम, समानुपातिक उम्मेदवार रेनका काउचा, प्रदेश ‘क’ का प्रदेश सभापति तिलक घर्ति, जिल्ला सह–सचिव फमबहादुर खत्री, महाधिवेशन प्रतिनिधि मन्जेश बम मल्ल र भरत शर्मा, तथा प्रदेश सभा सदस्य दोर्ण कुँवरलगायतले आ–आफ्नो भनाइ राखेका थिए।
वक्ताहरूले लोकतन्त्रलाई मजबुत बनाइराख्न, संविधानको रक्षा गर्न तथा समुदायका वास्तविक समस्या र आवाज केन्द्रसम्म पुर्याउन नेपाली कांग्रेसको रुख चिह्नमा मतदान गर्न मतदाताहरूलाई आग्रह गरे। उनीहरूले घरदैलो कार्यक्रममार्फत जनताको घरआँगनमै पुगेर पार्टीका नीति, कार्यक्रम र प्रतिबद्धता स्पष्ट गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।
कार्यक्रमकै अवसरमा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी गराउँदै प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूले जनताको विश्वास र समर्थनका आधारमा विकास, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
साथै बैठकले आफ्आफ्ना कार्य विभाजन समेत गरेको छ।नगर सभापति विरजंङ भण्डारीको संयोजक्तोमा १५०० नगर चुनाव परिचान समिति गठन गरिएको छ । जसमा उप संयोजक योगेश भण्डारी रहनु भएको छ। भने त्यस्तै महिला संघ, भुपु सैनिक संघ, नेविसंघ, नेपाल दलित संघ शिक्षक संघ, आदिवासी जनजाति संघ, प्रेस युनियन, अपाङ्ग संघ, लोकतान्त्रिक खेलकुद संघ र cden गठन गरिएको नगर सचिव योगेश भण्डारीले जानकारी गराउनु भयो ।
