गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा ग्लाेबल आई एमई बैंक लि. गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ। वार्ड नम्बर १० काे वडा कार्यालयमा वितरण गरिएको छ ।
उक्त वितरण कार्यक्रममा वडा अध्यक्ष भक्तबहादुर काउचा, वडा सदस्य मनकुमारी श्रीस, करिष्मा भित्रकाेटी वडा सचिव ठाकुर तिमिल्सिना, बैंकका शाखा प्रबन्धक श्याम ढकाल, सुरक्षा कार्ड बालसिंह चाेखाल, पत्रकार सुरेश छन्त्याल, भुटपर्व शैक्षिक संघका सचिव हं गंगाबहादुर घर्ति, टाेल विकास संस्थाका उपसंयाेक खगप्रासद घर्ती लगायतको सहभागिता रहेको थियो। ज्येष्ठ नागरिक, दलित, एकल महिला, पूर्ण अशक्त, पूर्ण अपांग, दलित बालबालिका गरि जम्मा ३ सय जनालाई ३२ लाख भत्ता वितरण गरिएको छ ।
त्यस्तै भाेलि रमुवा गाउँमा पुगि समाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकका शाखा प्रबन्धक ढकालले जानकारी दिनुभएकाे छ।