पाण्डवखानी ।
गलकाेट नगरपालिका १० पाण्डवखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमी बाेर्डिङ स्कुलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विदेशमा रहेर पनि गाउँमा हुने विकासका साथै विद्यालयमा सहयोग पुर्याउँदै आइरहेकाे भन्दै जापान समाज पाण्डवखानीका प्रतिनिधि रेखा घर्ति पुन र भारतीय सेनामा कार्यरत सागर पुनलाइ विद्यालयका शिक्षक खिम काउचाले सम्मान गरेका हुन् ।
उनिहरुले विद्यालयलाई १० हजार प्रदान गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्ध गरे ।
गलकाेट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विक, नगरसभा सदस्य रामप्रसाद विकले गाउँमा निजी विद्यालय सञ्चालनमा जाेखिम र चुनाैती रहेकाे बताए । पहिलेकाे भन्दा धेरै विकास भएकाे र अझै विकासकाे आवश्यकता रहेकाे उनीहरुकाे भनाइ थियाे ।