गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि संगै भौतिक स्तरोन्नतीको लागि आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म कमलनयन गौतमको प्रमुख वाचकत्वमा श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को आयोजना गरीएको छ ।
महायज्ञ सफल पार्नको लागि मूल समारोह तथा प्रचारप्रसार समितिका पदाधिकारीहरु अहिले देशका विभिन्न भागहरुमा महायज्ञको प्रचारप्रसार संगै निमन्त्रणा दिनको लागि हिडिराख्नुभएको छ । उक्त ज्ञान महायज्ञ सफल पार्नको लागि महायज्ञ मूल समारोह सफलपार्न आज गलकोट नगरपालिका वडा नम्वर १० को वडा कार्यालयमा भएको कार्यक्रममा संविधानसभा सदस्य निरज पुन, वडा अध्यक्ष भक्तबहादुर काउचा, पाण्डबखानी माध्यमिक विद्यालयका प्रतिनिधि, भुतपुर्व शैनिक संघ प्रतिनिधि, सुचना तथा संचार समिति संयोजक विरबहादुर चोखाल, संघसंस्था, पत्रकार लगायत संग वृहत् छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रम मुख्य उदेश्य तथा कार्यक्रमको विषयवस्तु बारे टंकबहादुर केसि र विरजङ् भण्डारीले गर्नु भएको थियो। त्यस्तै भक्तबहादुर काउचाको अध्यक्षतामा ३० सदस्य आर्थिक समिति समेत गठन गरिएको थियो ।