थम्मन थापा (सन्देश)/ गलकाेट
वि. सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १६ औँ अधिवेशनबाट जीवन साहानी अध्यक्षमा चयन हुनु भएको छ ।
समितिको उपाध्यक्षमा दिनेश थापा, तुलचन्द्र थापा (खिम), दिनेश थापा जापान, सचिवमा कृष्णा थापा, सह–सचिवमा अमृत थापा र कोषाध्यक्षमा सुवेदार मिन बहादुर थापा चयन हुनुभएको छ । समितिको सदस्यमा भुमिराज थापा, टिका साहानी, सुवेदार गंग बहादुर थापा, सरोज थापा, रुद्र बहादुर थापा, किसानकाजी थापा, देबु साहानी, भरत परियार, बाबुराम थापा र दिपक खड्का रहनुभएको छ । वैकल्पिक सदस्यमा अमृता थापा अधिकारी, शिब बहादुर कार्की र अनुपम थापा रहनुभएको छ । निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सदस्य हरिदत्त गौतमले बधाई ज्ञापन गर्नुभएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै गलकोट नगरपालिका – ७ का निवर्तमान वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापाले युवाहरुले समाज रुपान्तरणका लागि महत्वपूर्ण योगदान गर्ने भएको हुदाँ यस संस्थाले विगतमा गरेका सकरात्मक कार्यहरुलाई निरन्तरता दिदै समय सान्दिर्भिक कार्यक्रमका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।अधिवेशनमा लोक तथा दोहोरी गायक एवं आजीवन सदस्य विष्णु खत्री, वडा सदस्य यानु विश्वकर्मा, संस्थाका पुर्व अध्यक्ष दल बहादुर थापा, सल्लाहकार छुम बहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनमा संस्थाका सचिव सावित्री थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सन्त भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १६ औं अधिवेशन तथा ३९ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष थम्मन थापाको अध्यक्षता, उपाध्यक्ष जीवन साहानीको स्वागत र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।