गलकोट नगरपालिकामा ४२ औं मगर दिवस तथा १ सय ४७ औं प्रथम लखन थापा मगर स्मृति दिवस सम्पन्न भएको छ ।
मगर इतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरूको मुल मन्त्र, मगरात, पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नाराका साथ नेपाल मगर संघ गलकोट नगर कार्य समितिको आयोजनामा गलकोट नगरपालिका वडा नं १ चौराहमा ४२ औं मगर दिवस तथा १ सय ४७ औं प्रथम लखन थापा मगर स्मृति दिवस सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा मगरले मगर संस्कृति, भाषा र भेषभुषाको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो । उहाँले आफ्नो हक र अधिकारको लागि नअलमलिने समेत बताउनुभयो । ‘समाज परिवर्तनका लागि कला, संस्कृति, भाषा र भेषभुषाको संरक्षण आवश्यक छ’, प्रदेश सभा सदस्य बुढाले भन्नुभयोे, ‘मगर भाषा अहिले पुस्तारण हुन सकेको छैन, मगर समुदायको भाषा संरक्षण गर्नुपर्नेमा जोड दिदै समाज समृद्धिका लागि भौतिक विकाससँगे समुदायको संरक्षणपनि त्यति नै आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सहयोग गर्ने सहयोगदाता, नेपाल सरकारका कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे, नेपाल मगर संघका केन्द्रिय सदस्य याम बहादुर श्रीस, नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ प्रदेश क का प्रदेश सभापती तिलक घर्ती मगर, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य योगेश भण्डारी, गलकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष लाल बहादुर राना मगर, नेकपा एमाले गलकोट नगर सचिव दान बहादुर श्रीस, राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक बहादुर केसी, सामुदायिक प्रहरी सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रम नेपाल मगर संघ गलकोट नगर कार्यसमितिका अध्यक्ष कौशिला घर्ती मगरको अध्यक्षता, उपाध्यक्ष सिताराम पुनको स्वागत तथा नगर सचिव भक्त बहादुर घर्ति मगर र सहसचिव विष्णु काउचा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।