घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० को २५६८ औँ बुद्ध जयन्ती तथा ३८ औँ वार्षिकोत्सव सञ्चालन भईरहेको छ ।
कला र संस्कृतिको संरक्षण गरौं, समुन्नत समाजको परिचय दिऔं भन्ने मुल नाराका साथ सोमबारदेखी घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको २५६८ औँ बुद्ध जयन्ती तथा ३८ औँ वार्षिकोत्सव अवसरमा आयोजना गरिएको भलिबल खेलको आज उद्घाटन गरिएको हो ।
कार्यक्रमको अवसरमा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।
त्यस्तै भोली राष्ट्रिय कलाकार नविन रानाको बेजोड सांगितिक प्रस्तुती रहने समितिका सह सचिव सुरेश छन्त्यालले जानकारी दिनुभयो ।
कार्यक्रम घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष प्रकाश पुनको अध्यक्षता, समाजसेवी मानसिंह छन्त्यालको प्रमुख आतिथ्यता, सदस्य खिम काउचाको स्वागत र सचिव दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।