गलकाेट नगरपालिका १० पाण्डबखानीमा एभरेस्ट बैंकमा खाता भएका जनकल्याणकारी भुतपुर्व शैनिक संघ (भारतीय) पेन्सनरलाइ घुम्टे मनी ट्रान्सफर गलकाेटद्धारा ४३ जना पेन्सनरलहरुलाइ ३५ लाख १० हजार वितरण गरिएको एभरेस्ट बैंककी प्रधिनिति मिना श्रेष्ठले जानकारी गराउनु भयाे।
त्यस्तै जनकल्याणकारी भुतपुर्व शैनिक पाण्डबखानीका प्रधिनिति हं गंगाबहादुर घर्ती पुनले निरन्तर वर्षाकाे भावजुटपनि पाण्डबखानीमै आएर रकम बुझ्न पाउँदा हामी अत्यन्तै खुसि भएको भन्दै एभरेस्ट बैकलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियाे।
जनकल्याणकारी भुतपुर्व शैनिक पाण्डबखानीकाे आयाेजना र एभरेस्ट बैंक गलकाेटकाे सहयोगमा वितरण भएको थियाे।