महिला भलिवल समुहद्धारा गलकोट नगरपालिकालाई ट्रफि हस्तान्तरण गरिएको छ ।
साउने युवा क्लव ताराखोलाले आयोजना गरेको साउने संक्रान्ति मेलामा महिला भलिवल प्रतियोगिता अन्तर्गत गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रथम भएका महिला समुहले आज गलकोट नगरपालिकालाई ट्रफि हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले प्रथम हुने महिला समुहलाई बधाई दिदै गलकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने बताउनुभएको थियो । उहाँले खेलकुदको माध्यमबाट गलकोट नगरपालिकालाई विभिन्न ठाउँमा चिनाउन मद्दत गरेको बताउदै भोलिका दिनमा पनि खेलकुदको माध्यमबाट अगाडि बढ्नका लागि आग्रह गर्नुभएको थियो ।
सो अवसरमा गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्ने भलिवल महिला समुहलाई सम्मान गरिएको थियो । त्यस्तै गलकोट नगरपालिकाले खेलाडिलाई प्रोत्साहन स्वरुप गलकोटबाट ताराखोला खेल खेल्नका लागि जाँदै गर्दा लागेको यातायात खर्च र पोशाक खर्च एवं केहि रकम उपलब्ध गराउने समेत जनाएको छ ।