पाण्डवखानी ब्याडमिन्टन समुह गलकोट नगरपालिका वडा नम्वर १० को आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानी घर भई विदेशमा रहनुभएका पाण्डवखानी समाज जापानका सचिव नरेश छन्त्याल, पाण्डवखानी समाज युकेका सदस्य राजेश छन्त्याल र राजेन्द्र छन्त्याललाई स्वागत तथा सम्मान गरिएको हो । विदेशमा रहेर पनि आफ्नो गाउँठाउँमा सुखदुखमा सहयोग गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको जनाईएको छ । सम्मानित हुने छन्त्यालहरुले ७ हजार ५ सय बराबरको कुर्ची र भित्ते घडी समेत उपलब्ध गराउनुभएको थियो ।
यसैबिच युके समाज पाण्डवखानीका सदस्य राजेन्द्र छन्त्यालले न्यु घुम्टे एजुकेसनल एकेडेमीलाई १० हजार आर्थिक र ४ हजार बराबरको शैक्षिक सामग्रि हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै सिंगापुरमा कार्यरत सुदिप श्रीसले पनि १ हजार ५ सय सहयोग गर्नुभएको थियो । कार्यक्रम पाण्डवखानी ब्याडमिन्टन समुहका संयोजक धन बहादुर सुनारको अध्यक्षता र सचिव उमेश विकको सञ्चालनमा सम्पन्न भएको थियो ।