गलकोट नगरपालिका वडा नम्वर ९ को खारखोलामा शव फेला परेको छ ।
गलकोट नगरपालिका वडा नम्वर ११ मजुवा स्थायी घर भई हाल गलकोट नगरपालिका वडा नम्वर ९ खारखोला बस्दै आउनुभएका ३९ वर्षिय नविन बस्यालको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । बिहान साढे ६ बजेको समयमा शव फेला परेको जानकारी प्राप्त भएसँगै प्रहरी घटनास्थलमा पुगेको थियो । शवलाई अहिले पोष्टमार्टमको लागि गलकोट नगर अस्पताल लगिएको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।