गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सामाजिक संस्था घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे तयारी बैठक सम्पन्न भएको छ।
कला र संस्कृतिकाे संरक्षण गराैं, समुन्नत समाजकाे परिचय दियाैं भन्ने मुल नाराका साथ यहि वैशाख २५ गतेदेखि २९ गते सम्म हुन गैरहेकाे २५६९ औ बुद्ध जयन्ती ३९ औ वार्षिकोत्सब तथा वैशाखे पुर्णिामा हालकाे वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, पाैढ पुरुष भलिबल प्रतियोगिता,
नृत्य प्रतियोगिता, धाैलागिरिमा प्रचलित सति घाटु, साेरठि, यानिमाया, सालैजाे, भैइच साइलाे साथमा राष्ट्रिय कलाकारहरुकाे विजाेड प्रस्तुति रहने क्लबका अध्यक्ष दिप घर्तिले जानकारी गराउनु भयाे।