गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा व्यक्तिगत घटनादर्ता सप्ताह २०८२ को अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका पञ्जीकरण शाखाको आयोजना तथा गलकोट नगरपालिका वडा नम्वर १० वडा कार्यालयको सम्वन्यमा व्यक्तिगत घटनादर्ता सप्ताह २०८२ को अवसरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
सप्ताहको अवसरमा जनप्रतिनिधि, राजनितिक दल, टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, वाल सञ्जाल, आमा समुह, युवा क्लव लगायतलाई व्यक्तिगत घटनादर्ता सम्बन्धि कानुनी व्यवस्था, घटना दर्ता नगर्दा आईपर्ने व्यवहारिक समस्या र सामाजिक सुरक्षा सम्बन्धी कानुनी तथा व्यवहारिक पक्षको बारेमा गलकोट नगरपालिका वडा नम्वर १० का वडा सचिव ठाकुर तिमिल्सीना र एम.आई.एस अपरेटर तथा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्र गैरेले अभिमुखिकरण गर्नुभएको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाको अध्यक्षता र वडा सचिव ठाकुर तिमिल्सीनाको सञ्चालनमा सम्पन्न भएको थियो ।
व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि सँगै जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध बिच्छेद लगायतका व्यक्तिगत घटना घटेको ३५ दिनभित्र आ–आफ्नो वडा कार्यालयमा पुगी घटनादर्ता गराउन गलकोट नगरपालिका पञ्जीकरण शाखाले अनुरोध गरेको छ ।
घटनादर्ता सप्ताह कार्यक्रम भोलि गलकोट नगरपालिका वडा नम्वर ४ मा सञ्चालन गरिने गलकोट नगरपालिका पञ्जीकरण शाखाले जनाएको छ । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र बमोजिम सप्ताह कार्यक्रम नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखी ७ गतेसम्म देशव्यापी रुपमा मनाउने गरिएको छ ।

