गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा सति घाटु नाचलाइ संरक्षण गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक संस्था घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले भव्यताका साथ मनाउन गइरहेको २५६९औं वौद्व जयन्ती तथा ३९ औं वार्षिकोत्सव साथै वैशाखे पुर्णिमा मेलाको अवसरमा प्रस्तुत गरिने सति घाँटु नाचलाई संरक्षण गर्नका लागि घाटु समुह, महिला जागरण केन्द्र, आमासमुह, टोल सुधार समितिका प्रतिनिधिहरुको सहभागितामा सति घाटु संरक्षण, आन्तरिक व्यवस्थापन, सहयोग आदानप्रदान लगायतको विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रम आगामी वैशाख २५ गतेदेखि २९ गतेसम्म विविध प्रतियोगिताको आयोजना गरी सञ्चालन गरिदैँ छ । कार्यक्रम क्लवका अध्यक्ष दिप घर्तिको अध्यक्षतामा सम्पन्न भएको थियो ।