दिनभरि कार्यालयको काम बिहान बेलुका निकालेको फुर्सदको समय सदुपयोगले खुसी दिलाएको छ। गरे के हुँदैन भन्ने नेपाली उखानलाई जगन्नाथ सुवेदीले आफ्नो व्यवहारमा उतार्नु भएको छ सरकारी पोशाक लगाएर दिनभरि गल्कोटको नगर अस्पतालमा जनस्वास्थ्य निरक्षकको पदमा काम गर्नुहुने सुवेदी अरुभन्दा फरक हुनुहुन्छ। बिहान बेलुकाको समयमा आफ्नै खेतबारीमा व्यस्त हुनुहुन्छ।
बाग्लुङ जिल्ला गलकोट नगरपालिका वार्ड नं ४ नुवाकोटमा अवस्थित अति मिलनसार कुशल समाजसेवी जगन्नाथ सुवेदीले आफ्नै जग्गामा फलफुल किबी खेती गर्नुभएको छ। विगत तीन वर्षदेखि सुरु गर्नुभएको किवी खेतीले अहिले फल दिन सुरु गरेको छ। बिहान बेलुका बिदाको दिनमा खटेर गरिएको किवी खेतीले अहिले फल दिन थालेपछि सुवेदी निकै खुसी हुनुहुन्छ|
सिजन अनुसार अहिले सुन्तला कागती लगायतका बिरुवा लगाउनुभएको छ। सुवेदीले करिब ७ रोपनीमा किबी खेती गर्दै आउनुभएको छ। अहिले भने कागती सुन्तला अन्य बिरुवा त्यही बारीमा लगाउनुभएको छ उहाँलाई उहाँको बुवा उमाकान्त सुवेदीले सगाउनु भएको छ l उहाँ नेपाल सरकारको कर्मचारी हुनुहुन्छ घरबाट करिब ३५ मिनेट मोटरसाइकलमा यात्रा गरेर अस्पताल पुग्नुहुन्छ र कार्यालयको समय सकेपछि कतै नअल्मली घरमा पुग्नुहुन्छ र किबि मा मलजल गोडमेल लगायतको काम गरेर समय त्यसैमा खर्च गर्नुहुन्छ।
हेर्दा पनि गरेजस्तै भएको छ यतिखेर सात रोपनीमा किबी लटरम्म फुलेको छ सोही फल कार्तिक मङ्सिर मा खान सकिन्छ। किबी मुनि बसेर हेर्ने हो भने रहरलाग्दो गरी फूल खेलेको मात्र देखिन्छ|
करिब ११-१२ लाखको लगानी गरेको उहाँ भन्नुहुन्छ किबी खेतीको लागि विशेष गरी बोट लहरा जाने र थाक्रो चाहिने भएकोले करिब ६ ७ फिट अग्लो भएपछि माथि पट्टि T आकारको सिमेन्ट खम्बा र जिआई पाइपले बाँध्नुपर्ने उहाँ बताउनुहुन्छ।अहिले उहाँको बारिमा झट्ट हेर्दा ३५० वटा बिरुवा छन्।
व्यवासायिक खेती गर्नको लागि पहिले बजारको सुनिश्चित्ता गरेर मात्रै उत्पादन शुरु गर्न अन्य कृषकलाई उहाँकाे सुझाव छ ।
किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पुर्याई विक्रीवितरण गर्न राज्यले सहयोग गर्नुपर्ने उहाँको धारणा छ । किसानले उत्पादन गरेर हचुवाको भरमा बेच्नु पर्दा मुल्य नपाउने, फाइदा लिनुपर्ने ठाउँमा घाटा खाएर बेच्नु पर्ने बाध्यता छ । उत्पादन गरेका वस्तु उचित मुल्यमा बिक्री गर्नका लागि राज्यले चिस्यानकेन्द्रको व्यस्था गर्नुपर्दछ । चिस्यानकेन्द्रमा राख्न सक्ने व्यवस्था हुने हो भने विक्री नभएका बेला चिस्यानकेन्द्रमा राखेर खटाई खटाई बेच्न सकिन्थ्यो । तर अहिले अरुकै मुल्यमा बिक्री गर्न बाध्य छौँ । त्यसै कुह्वाएर फाल्नु भन्दा थोरै भए पनि हुन्छ भन्ने आशाले सामान्य मुल्यमा पनि बिक्री गर्न बाध्य भएको गुनासो गर्नुहन्छ