गल्कोट नगरपालिका वडा नम्बर ६ मा रहेको उजिर कार्की स्वास्थ्य क्लिनिकमा आज शनिबार निःशुल्क आँखाजाँच शिविर कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो उक्त शिविरमा १६० जना को आँखाको विशेष जाँच गरिएको थियो lसाथै निःशुल्क औषधि एवं चश्मा वितरण गरिएको थियो। जसमध्ये ६ जनामा मोतियाबिन्दु समस्या,दुईजनामा जलविन्दु समस्या देखा परेको दृष्टि विशेषज्ञ रुद्र खत्रीले जानकारी दिनुभयो।उक्त शिविरमा मोतियाबिन्दु समस्या देखा परेका बिरामीहरूलाई थप उपचारका लागि बडीगाडमा पठाइने भएको छ l
उहाँले भन्नुभयो बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण रहेको बताउनु भएको छ l
उक्त शिविर गल्कोटमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ निःशुल्क आँखाजाँच शिविर गरिएको “उजिर कार्की स्वास्थ्य क्लिनिकका डाक्टर मनोज कार्कीले जानकारी दिनुभयो´´|