गलकोट नगरपालिका वडा नम्वर ११, रिघामा धर्म पोखरी युवा समाजद्वारा आयोजित तीज मेला–२०८२ आजदेखि सुरु भएको छ।
मेलाको उद्घाटन गर्दै वडा अध्यक्ष डम्मर बहादुर श्रीसले युवा समाजले खेलकुदका मात्र नभई समाज विकासमा समेत योगदान दिनुपर्ने बताएका छन्।
मेलाअन्तर्गत आयोजना गरिएको खुल्ला फुटबल प्रतियोगितामा १२ समुहको सहभागिता रहेको छ। उद्घाटन खेलमा गलकोट–११ स्थित शिव मिलन युवा क्लब लाम्चे र गलकोट–९ स्थित छिस युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो, जसमा छिस युवा क्लबले विजयी सुरुवात गरेको हो।
कार्यक्रम समाजका अध्यक्ष सुमन पुन घर्तीको अध्यक्षता, प्रगतिशिल आमा समूहकी अध्यक्ष जमुना राना श्रीसको स्वागत तथा सदस्य साजन वस्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

