राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गलकोट नगरपालिका–१० पाण्डबखानीले यही आश्विन (असोज) ३० गते प्रथम वडा अधिवेशन गर्ने भएको छ।
उक्त अधिवेशनमा जिल्ला सभापति तथा नगर सभापतिको विशेष उपस्थितिमा कार्यक्रम भव्यरूपमा सम्पन्न गरिने तयारी गरिएको वडा समितिले जनाएको छ। कार्यक्रम गलकोट नगरपालिका १० पाण्डबखानीस्थित सिएमसी भवन, गैराभाटीमा बिहान ११ बजे सुरु हुनेछ। अधिवेशनलाई सफल, सभ्य र दमदार बनाउनका लागि देश तथा विदेशमा रहनु भएका अग्रज व्यक्तित्वहरू, सफल व्यवसायी, समाजसेवी, युवा तथा स्थानीयवासीहरूबाट आर्थिक, भौतिक, नैतिक तथा सम्यगात्मक सहयोग प्राप्त भइरहेको आयोजकहरूले बताएका छन्।
स्थानीय बुबा–आमा, दिदीबहिनी र दाजुभाइहरूलाई अधिवेशनमा सहभागी भई आफ्नो गरिमामय उपस्थिति जनाउन रास्वापा पाण्डबखानी वडा समितिले हार्दिक अनुरोध गरेको छ।

