नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङबाट प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इञ्चार्ज सिर्जना पन्त सर्वसम्मतरूपमा प्रतिनिधि चयन भएकी छन्।
बागलुङ–१ को निर्वाचन क्षेत्र समन्वय समितिले बिहीबार सुरु गरेको प्रतिनिधि छनोट प्रक्रियाअनुसार कार्यदल गठन गरी जिम्मेवारी दिइएको थियो। कार्यदलले शुक्रबार साँझ पन्तसहित ७ जनाको नाम सर्वसम्मतरूपमा पारित गरेको हो।

