राजेन्द्र श्रेष्ठ
गलकोट–३ हटियामा नेकपा र राष्ट्रिय जनमोर्चा दलित मोर्चाको संयुक्त निर्वाचन लक्षित कार्यक्रम सम्पन्न
गलकोट नगरपालिका–३ हटिया बजारमा आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको दलित मोर्चाको संयुक्त कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष तथा बागलुङ क्षेत्र नं. २ निर्वाचन परिचालन समिति सह–संयोजक टंक केसीले बागलुङ क्षेत्र नं. २ को विकास–निर्माण, गणतन्त्र र संविधानको रक्षा गर्न ज्ञामनाथ गैरे ‘अनिल’लाई विजयी गराउनुको कुनै विकल्प नरहेको बताए।
कार्यक्रममा निर्वाचन परिचालन समिति गलकोटका महिला संयोजक कौसिला घर्ती, दलित मुक्ति मोर्चा बागलुङ जिल्ला अध्यक्ष भीमबहादुर विक, नेपाली कम्युनिस्ट पार्टी गण्डकी प्रदेश सदस्य चन्द्र द्त्त रेग्मी,नेपाल कम्युनिस्ट पार्टी गलकोट नगर संयोजक गंगा भुजेललगायतले आ–आफ्ना मन्तव्य राखेका थिए।
कार्यक्रमकै अवसरमा नेपाली कम्युनिस्ट पार्टी गलकोट नगर सदस्य ललित मरासिनीको संयोजकत्व र समता समाज बागलुङका उपाध्यक्ष रनबहादुर विकको सह–संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। साथै गलकोट नगरपालिकाका ११ वटै वडामा मोर्चाका संयोजक तथा सह–संयोजक तोकिएको जानकारी नेपाली कम्युनिस्ट पार्टी गण्डकी प्रदेश सदस्य एवं दलित मुक्ति मोर्चा इन्चार्ज वीरबहादुर नेपालीले जानकारी गराए।
कार्यक्रम नेपाली कम्युनिस्ट पार्टी गलकोट नगर अध्यक्ष ललित मरासिनीको अध्यक्षतामा, गण्डकी प्रदेश सदस्य वीरबहादुर नेपालको सञ्चालन तथा समता समाज बागलुङका उपाध्यक्ष रनबहादुर विकको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।

