बागलुङ — बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना विद्यार्थी घाइते भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै बिहीबार विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको हो।
बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी बोकेको ग ३ च ८६२१ नम्बरको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल शिवधारचोक जाने सडकमा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार दुर्घटनामा २४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेहरूको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते विद्यार्थीहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
🗓️ २०८२ चैत्र १९ बिहीबार 🕝०८: ४० बिहान

