चर्चित लाइभ दोहोरी कार्यक्रममार्फत दर्शकमाझ नयाँ उत्साह ल्याइएको छ। गायिका रेखा थापा र गायक श्याम रानाबीच प्रस्तुत गरिएको “I Love You” संवादपछि दोहोरी एकाएक रोचक मोडमा पुगेको छ।
कार्यक्रममा रेखा थापाले श्याम रानालाई प्रत्यक्ष रूपमा “I Love You” भनेपछि दर्शक तथा उपस्थित कलाकारहरूबीच हलचल मच्चिएको थियो। यसले दोहोरीलाई थप जीवन्त र मनोरञ्जनात्मक बनाएको छ।
उक्त प्रस्तुतिमा श्याम राना र रेखा थापाको मुख्य गायन रहेको छ भने सहायक स्वरमा हस्ता बोगटी, राजीव गाउले, तुलसी बि.के. र कल्पना मल्लाले साथ दिएका छन्।
वाद्यवादनतर्फ मित्र अधिकारी (किबोर्ड), लुकमान घर्ती र पवन शाही (मादल), अरुण अधिकारी (बासुरी), मेक थापा (सारङ्गी), संगीत मगर (ढोलक) तथा भीम बर्देवा (अक्टोप्याड) को उत्कृष्ट प्रस्तुति देखिएको छ।
अडियो रेकर्डिङ प्रकाश लामाले गरेका हुन् भने भिडियो छायांकन सफल आर्याल र स्वरुप पाठकले सम्हालेका छन्। सम्पादन तथा ग्राफिक्स शिव पराजुलीले गरेका छन्।
मञ्जरी लाइभ स्टुडियोमा तयार पारिएको यो दोहोरी यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ। दर्शकहरूले यसको प्रस्तुति, संवाद र कलाकारहरूको केमेस्ट्रीलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।
यस किसिमको लाइभ दोहोरीले नेपाली लोकसंगीतलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

