कला संस्कृतिको संरक्षण गरौं, समुन्नत समाजको परिचय दिऔँ भन्ने मूल नाराका साथ घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च द्वारा आयोजना गरिएको २५७०औँ बुद्ध जयन्ती, ४०औँ वार्षिकोत्सव तथा वैशाखे पूर्णिमा मेला २०८३ अन्तर्गतको महिला भलिबल प्रतियोगिता स्थगित गरिएको छ।
आयोजक र स्थानीय गाउँबासीबीच भएको निर्णयअनुसार प्रतियोगिता सञ्चालनका लागि न्यूनतम ४ टिम आवश्यक पर्ने व्यवस्था थियो। तर आवश्यक संख्यामा टिम सहभागी नभएकाले महिला भलिबल प्रतियोगिता सञ्चालन हुन नसकेको आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष दिप घर्ति का अनुसार महिला भलिबल खेल स्थगित भए पनि मेलाअन्तर्गतका अन्य खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू भने निर्धारित समयअनुसार नै सञ्चालन भइरहेका छन्।
मेला अन्तर्गत विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत झाँकी तथा अन्य खेलकुद गतिविधिहरूले स्थानीयस्तरमा उत्साह थप्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
