यानिमाया रोधी घरको १५औं वार्षिक उत्सव काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले “यानिमाया रोधी घर” ले आफ्नो १५औं वार्षिक उत्सव आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार उत्सव वैशाख २४ देखि २८ गतेसम्म मित्रनगरस्थित नेपाल टेलिकम चोकमा सञ्चालन हुनेछ। प्रत्येक दिन साँझ करिब ७:३० बजेदेखि राति २ बजेसम्म कार्यक्रम चल्ने जनाइएको छ।
उत्सवमा देशका विभिन्न भागबाट आएका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। विशेषगरी यानिमाया भाका, दोहोरी गीत तथा सांस्कृतिक नृत्य कार्यक्रमले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।
आयोजकले नेपाली मौलिक कला, भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताएका छन्। साथै, सांगीतिक क्षेत्रमा योगदान पुर्याएका कलाकारहरूको सम्मान तथा सांस्कृतिक आदान–प्रदानलाई पनि प्राथमिकता दिइने जनाइएको छ।
कार्यक्रममा सहभागिताका लागि सबै कला–संस्कृतिप्रेमी दर्शकलाई आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।
