घुम्टे खबर

बडिगाड गाउँपालिका–८, खोलाखर्ककी दिलमाया पाइजा आज ३५ वर्षकी भइन्। तर उनको जीवनको कथा उमेरसँगै सरल बनेन—झन् सानैदेखि संघर्षले उनलाई बलियो बनाउँदै लग्यो। दुई वर्षको नाबालिकै हुँदा दिलमाया काखमा राखिइन्। बाबुआमाको माया, न्यानो काख र सुरक्षित बाल्यकाल उनले सम्झनै पाइन्। अरू बच्चाहरू खेल्दै हुर्कँदा, उनी जिम्मेवारी र अभावको संसारमा फसिन्। बाल्यकालमै दुःख, अभाव र पीडासँग साक्षात्कार गर्नुपर्‍यो। समय बग्दै गयो। जीवनले उनलाई भेडिगोठसम्म पुर्‍यायो। आज उनी भेडिगोठमा खाना पकाउने काम गर्छिन्। चिसो बिहान, धुवाँले भरिएको भान्सा, सीमित सामग्री—यही उनको दैनिकी हो। काम सजिलो छैन, पारिश्रमिक पनि धेरै छैन। तर पेट पाल्न र जीवन अघि बढाउन उनले यही कामलाई आफ्नो सहारा बनाएकी…

Read More

गलेकोट नगरपालिका १० पाण्डबखानी क्षेत्रमा आज श्री पञ्चमीको अवसरमा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन्। शिक्षा, संस्कार र सिर्जनशीलताको महत्व उजागर गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रमहरूमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।न्यु घुम्टे एजुकेशनल एकेडेमी स्कुल, पाण्डबखानी माध्यमिक विद्यालय, नव ज्योति आधारभूत विद्यालय, फुर्से प्राथमिक विद्यालय तथा रमुवा आधारभूत विद्यालयका विद्यार्थीहरूले सरस्वती पूजा, सांस्कृतिक प्रस्तुति, कविता वाचन, नृत्य तथा विविध शैक्षिक गतिविधिहरू प्रस्तुत गरेका थिए।कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै विद्यालय,…

Read More

बागलुङ, माघ ६, २०८२ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।विहान १० बजे सुरु भएको उम्मेदवारी दर्ता प्रक्रियामा विभिन्न दलका उम्मेदवारले भाग लिएका थिए। नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, प्रजातन्त्र पार्टी (राप्रपा) बाट अञ्चल शाही, मंगोलनेशनल अर्गनाइजेशनबाट जुनबहादुर थापा, मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।त्यस्तै, जसपाबाट पूर्णबहादुर घर्ती मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट लोकेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा र श्रम संस्कृति…

Read More

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बागलुङका दुवै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ। काँग्रेस बागलुङका सचिव हरिहर शर्माका अनुसार बागलुङ क्षेत्र नं. १ मा भिम श्रीष र क्षेत्र नं. २ मा टेकराज पौडेललाई उम्मेदवार बनाइएको हो। बागलुङ क्षेत्र नं. १ का उम्मेदवार भिम श्रीषले २०५७ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी त्यसबेला स्ववियु सदस्य बनेका थिए। २०६० सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु उपसभापति बनेका श्रीष २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए। काँग्रेसको १२ औँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका श्रीष हाल विशेष महाधिवेशनबाट केन्द्रीय…

Read More

घुम्टे युवा परिवार जापानले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वर्गीय श्याम खत्रीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले स्व. खत्रीकी धर्मपत्नी श्रीमती लक्ष्मी भण्डारी खत्रीको नाममा रु. ८ लाख ५५ हजार ८ सय ७८ रुपैयाँ बराबरको चेकमार्फत आर्थिक सहयोग हस्तान्तरण गरेको हो। उक्त सहयोग रकम वि.सं. २०८२ साल माघ ४ गते एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको जनाइएको छ। घुम्टे युवा परिवार जापानले स्व. श्याम खत्रीको परिवारलाई लक्षित गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरूबाट आर्थिक संकलन गरेको थियो। संकलित रकम दुःखको घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहेर पनि…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङ प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा सुशिल खड्का र क्षेत्र नम्बर २ मा सोम शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टीभित्र तीव्र असन्तोष देखिएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि केन्द्रबाट गरिएको उक्त निर्णयप्रति जिल्लाका नेताहरू र कार्यकर्ताहरू खुलेरै असहमति जनाउन थालेका छन्।खड्का बागलुङ नगरपालिका–३ गुठी र शर्मा नगरपालिका–४ निवासी भए पनि उनीहरू स्थानीय राजनीतिक गतिविधि र संगठन निर्माणमा पर्याप्त रूपमा संलग्न नरहेको आरोप लगाइएको छ। खड्काले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन सकेर हालै नेपाल फर्किनु भएको हो भने शर्मा काठमाडौं केन्द्रित अभियन्ताका रूपमा चिनिनु हुन्छ। ‘जेन–जी’ आन्दोलनमा सक्रिय रहनु भएका शर्मा काठमाडौं महानगरपालिकाका…

Read More

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्ष पदमा बागलुङका नरेश कँडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ। उद्योग वाणिज्य संघ बागलुङले संस्थागत निर्णय गर्दै कँडेललाई गण्डकी प्रदेश अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेसँगै उहाँले औपचारिक तयारी थाल्नुभएको हो। शनिबार बागलुङ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न बैठकले यही माघ महिनामा हुने अधिवेशनका लागि अध्यक्ष पदमा नरेश कँडेलको उम्मेदवारी घोषणा गरेको हो।लामो समयदेखि उद्योग वाणिज्य संघमा सक्रिय रहँदै आएका कँडेलले बागलुङ उद्योग वाणिज्य संघमा तीन वर्ष अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै कुशल नेतृत्व प्रदान गर्नुभएको थियो। २०६५ सालमा साधारण सदस्यका रूपमा संघमा प्रवेश गर्नुभएका कँडेल २०६६ देखि २०६९ सम्म पहिलो कार्यकाल र २०६९ देखि २०७२ सम्म…

Read More

गलकोट घुम्टे पर्यटन विकास केन्द्र, गलकोटको बैठक गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरमा सम्पन्न भएको छ। बैठकले सदाका वर्षझैं यस वर्ष पनि प्रसिद्ध घुम्टेको लेकमा सञ्चालन हुँदै आएको लालिगुराँस उत्सव आगामि चैत ३० गतेदेखि वैशाख १ गतेसम्म घुम्टे लेकमा अवस्थित सिद्ध भैरव मन्दिर परिसरमा आयोजना गर्ने निर्णय गरेको छ।उत्सवको अवसरमा लाखबत्ती प्रज्वलन समेत गरिने निर्णय भएको छ। सो कार्यका लागि इच्छुक व्यक्ति, संघ–संस्था तथा समूहलाई सहभागिताका लागि अनुरोध गर्ने र दीप प्रज्वलनको आवश्यक व्यवस्था आयोजक संस्थाले गर्ने निर्णय बैठकले गरेको छ। त्यसैगरी, लालिगुराँस उत्सव तथा लाखबत्ती प्रज्वलन कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ। झंक बहादुर बस्नेतको…

Read More

काठमाडौं — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू हुने विषयमा सरकारलाई औपचारिक रूपमा जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा रहेको आयोगको टोलीले आज बालुवाटारमा आयोजित कार्यक्रममा सरकारलाई आचारसंहिताबारे जानकारी दिएको हो।कार्यक्रममा निर्वाचन आयोगले आचारसंहितासम्बन्धी विशेष प्रस्तुतीकरणसमेत गरेको थियो। आयोगका अनुसार आज बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू गर्ने निर्णय गरेको छ।कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक हुने उल्लेख गरेको छ।

Read More

नयाँ ट्रयाक खुलेपछि रमुवा गाउँको वकरा पोखरीमा बढ्दै पर्यटकको चहलपहलगलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा भन्ने स्थानमा अवस्थित रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, शान्त वातावरण र हरियालीले भरिपूर्ण यो पोखरी स्थानीयबाहेक बाहिरका मानिसहरूको नजरमा खासै पर्न सकेको थिएन। तर हालसालै रमुवा गाउँसम्म पुग्ने नयाँ ट्रयाक खुलेपछि वकरा क्षेत्रको परिचय विस्तारै फैलिन थालेको छ। सहज पहुँच बनेसँगै अहिले उक्त पोखरी अवलोकन गर्न, फोटो खिच्न, टिकटक भिडियो बनाउन तथा पिकनिक मनाउन जानेहरूको संख्या बढ्दै गएको छ। वडा सदस्य कुमार पुनका अनुसार, “पहिला यहाँ पुग्न निकै कठिन थियो। बाटो नहुँदा सुन्दर ठाउँ भएर पनि ओझेलमै रह्यो। अहिले ट्रयाक खुलेपछि…

Read More