गलकोट नगरपालिका–१० अन्तर्गत सुनापानी र सिद्धथानदेखि घुम्टे लेकसम्म सरसफाइ अभियान सञ्चालन गरिएको छ। पाण्डवखानीमा रहेको सामाजिक संस्था घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले २६ औँ बुद्ध जयन्ती, १८ औँ वार्षिकोत्सव तथा वैशाखे पूर्णिमा मेला–२०८२ लाई भव्य रूपमा सम्पन्न गर्ने तयारीस्वरूप सरसफाइ कार्यक्रम आयोजना गरेको हो। क्लबका अध्यक्ष दिप घर्तिको नेतृत्वमा सम्पन्न उक्त अभियानले घुम्टे लेकमा पूजा गर्न जाने हजारौँ भक्तजनलाई सहज, सुरक्षित र सफा वातावरण उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। संस्थाले प्रत्येक वर्ष वैशाखे पूर्णिमाको अवसरमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता, सती घाटु नाच, सोरठी, यानिमाया, सालैजो लगायतका लोक सांस्कृतिक कार्यक्रमहरू…
घुम्टे खबर
गलकोट नगरपालिका–१० पाण्डबखानीस्थित माध्यमिक विद्यालयबाट सरुवा भई फुर्से आधारभूत विद्यालयमा जान लाग्नु भएकी शिक्षिका विद्या श्रीस लाई विदाइ तथा “फेरि भेटौँला” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहायक प्रधानाध्यापक रमेश चौधरी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षता नविन सुनार ले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा तिलक घर्ति को उपस्थिति रहेको थियो। यसै अवसरमा जिल्ला स्तरको कक्षा ५ को परीक्षामा खटिनु भएका निरक्षकहरू भविन्द्र गौतम र भोलानाथ केवट लाई समेत विदाइ गरिएको थियो। कार्यक्रममा वक्ताहरूले विद्या श्रीसको योगदानको उच्च प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको कामना व्यक्त गरेका थिए। साथै सबैलाई “फेरि भेटौँला” भन्दै भावुक वातावरणमा कार्यक्रम सम्पन्न…
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।मुस्ताङ एयरको नाइन एन एएनओ कलसाइन भएको हेलिकप्टर आज सम्पर्कविहीन भएको हो। दोलखा क्षेत्रबाट यो हेलिकप्टर सम्पर्कविहीन भएको हो। यो हेलिकप्टर आज बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो। क्याप्टेन सुरज थापासहित ५ जना सम्पर्कविहीन रहेको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। दोलखाका डिएसपी मनोज लामाका अनुसार मुस्ताङ एयरको हेलिकप्टर बिगु गाउँपालिका-१ लुम्नाङबाट उडेको थियो। उक्त हेलिकप्टर लाप्त्चेतर्फ गएको उनले बताए। लाप्त्चेमा ल्याण्ड भयो कि भएन भनेर बुझ्दैछौं। हाम्रो प्रहरी कार्यालय भएको ठाउँबाट पनि ६/७ घण्टा लाग्छ। अहिले पानी पनि परिरहेको छ,’ उनले भने। आज मध्याह्न १२:४५ बजेदेखि हेलिकप्टर सम्पर्कबिहीन भएको उनले बताए।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर–घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्छन् । आसाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आसाढ र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । असोज शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले असोज शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको…
बागलुङमा मङ्गलबारदेखि ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा आयोजित मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गरेका थिए । कालिका भगवती मन्दिर परिसरमा रहेको कालिका कुञ्जमा आयोजित मेला पाँच दिनसम्म चल्नेछ । मेलाको उद्घाटनपछि बोल्दै संस्थानका अध्यक्ष पोखरेलले कालिका भगवती मन्दिरको ऐतिहासिक महत्व रहेको बताए । उनले मेलाले संस्कृति र परम्पराको जगेर्नामा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, कालिका भगवती गुठी व्यवस्थापन समितिका सल्लाहकार मनकुमारी केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए । मेलाको उद्घाटन समारोह कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काको…
बागलुङमा १४४ जना क्षयरोगका विरामी फेला परेका छन् । बागलुङमा आर्थिक वर्ष ०८२÷८३ को फागुन महिना सम्म जिल्लामा १४४ जना क्षयरोगका बिरामी फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । “हो हामी क्षयरोग अन्त गछौँ, राष्ट्रिय अभियान, हामो योगदान” भन्ने मुल नाराका साथ बागलुङमा विश्व क्षयरोग दिवस २०८२ बागलुङमा पनि अन्तरक्रिया कार्यक्रम गरि मनाईएको थियो ।प्रत्येक वर्ष क्षयरोगका बिरामी फेला पर्ने क्रम भइरहेको र यसलाई नियन्त्रणका लागि अभियान समेत सञ्चालन गरिँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशाशक प्रविण शर्माले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८१÷०८२मा जिल्लामा २६४ जना क्षयरोगका बिरामी फेला परेकोमा यस आर्थिक वर्षको फागुन सम्ममा…
चैतेदशैंको नवदुर्गा शुरु भएकोले शनिबार बिहानैदेखी झरी लाग्दा पनि प्रसिद्द कालीका मन्दिरमा भक्तजनको भीड लाग्यो । चैतेदशैं मेलाको अबसरमा बागलुङ कालीका मन्दिरको बाहिरी चहलपहल पनि बढेको हो । कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत १० देखि १४ गतेसम्म औपचारिक मेलाको आयोजना गरिएको छ भने मन्दिरमा पूजाका लागि आउने भक्तजन त शुक्रबारदेखिनै भीड लाग्न थालेको हो । सयौं वर्षदेखि मेला लाग्दै आएको कालीकामा गुठीले व्यवस्थापन गराउने भएपछि व्यापारिक स्टल, रमाइलो मेला लगायतको निर्माण कार्य भैरहेको छ । मन्दिर आसपासमा एक सयबढी नयाँ पसल, होटल तथा मौलीक सामाग्री पाइन थालिसकेको छ । ती सबै व्यवसायलाई व्यवस्थित बनाइ अन्य गतिविधि पनि सञ्चालन…
बागलुङलाई राष्ट्रिय रूपमा चिनाउन मिडिया मेला गर्न लागिएको छ । पत्रकारको मेलाको रूपमा लिइएको मेलामा देशभरका पत्रकार बागलुङमा जम्मा हुने छन् । नेपालमा नमूना कार्यक्रमको रूपमा रहेको मिडिया मेलाको तयारीलाई महासङ्घले तिब्रता दिएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले शाखा स्थापनाको २५ औं वर्षको अवसरमा चैत २० र २१ ‘बागलुङ मिडिया मेला’ आयोजना हुँदैछ । मेला चैत २० र २१ गते बागलुङ बजारको जोजोलोपा ब्याङ्केटमा गरिने भएको नेपाल पत्रकार महासङ्घ बागलुङले जनाएको छ। मेला सम्पन्न गर्न अध्यक्ष राम थापा अविरलको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेर तयारी थालिएको छ। बागलुङलाई मिडियाको माध्यमबाट उजागर गर्न समृद्ध बागलुङ…
बागलुङ — गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपालको आयोजना तथा गलकोट नगरपालिकाको समन्वय र सहजीकरणमा चैत्र ४ गतेदेखि सञ्चालन गरिएको शिविरबाट २ हजार ७ सय २३ जना नागरिकले सेवा लिएका छन्। शिविरमा ८ सय ८२ पुरुष र १ हजार ८ सय ४१ महिलाले स्वास्थ्य सेवा लिएको कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपालका प्रोजेक्ट डाइरेक्टर क्याप्टेन राजन राईले जानकारी दिनुभयो। निःशुल्क रूपमा सम्पूर्ण प्रकारका स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराइएकाले दुर्गम तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।शिविरमा स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार,…
गल्कोट समाज चितवनद्वारा राहत वितरण तथा असहाय वृद्ध आश्रममा सहयोग कार्यक्रम सम्पन्न चितवन गल्कोट समाज चितवनले राहत वितरणसँगै असहाय वृद्ध आश्रममा सहयोग कार्यक्रम सम्पन्न गरेको छ। रत्ननगर–१३, अमिलियास्थित वृद्ध आश्रममा आयोजित एक कार्यक्रममा समाजले नगद रु १५ हजार सहयोग प्रदान गरेको हो। समाजका केन्द्रीय अध्यक्ष बलबहादुर खत्री र उपाध्यक्ष मिनबहादुर खत्रीका अनुसार, आश्रममा रहेका ज्येष्ठ नागरिकलाई केही राहत पुग्ने उद्देश्यले सहयोग गरिएको हो। यसअघि पनि समाजले विभिन्न स्थानका दुई वटा आश्रममा सहयोग गर्दै आएको जनाएको छ। उक्त आश्रममा हाल ९ जना महिला र ५ जना पुरुष गरी १४ जना ज्येष्ठ नागरिक आश्रित छन्। आश्रमकी संस्थापक सुनिता पौडेलका अनुसार २०७२ सालमा…