घुम्टे खबर

म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर२ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि २०८१ साल चैत २१ गते जाजरकोटकेन्द्रविन्दु बनाएर ५.५म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

दमौली ।तनहुँबाट चितवन आउँदै गरेको बस तनहुँको ऐना पहरामा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । ग २ ख १०७७ नंबरको बस ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँच जना घाइते भएका हुन् । घाइते हुनेमा सहिदलखन गाउँपालिका ६ की ४० बर्षीया सुनु थापा, सहिद लखन-६ रानीस्वाँराकी ४३ बर्षीया सीता थापा, सोही ठाउँकी २८ बर्षकी मीना थापा मगर, गोरखा नगरपालिका-९ का ५४ बर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरका८ बर्षका खुशी राम रामदाम रहेका छन् ।

Read More

गलकोट नगरपालिका–१० पाण्डबखानीमा आयोजित एक कार्यक्रममा स्व. हरि पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। गत असार १० गते २४ वर्षीय पौडेलको असामयिक निधन भएको थियो। गाविस पञ्चायतका पूर्वअध्यक्ष महत्तत शर्माका नाति तथा डाम्बर शर्माका माइला छोरा पौडेल इन्जिनियरको रूपमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स क्षेत्रमा कार्यरत थिए। आज नवौँ दिनको पुण्यतिथिका अवसरमा गलकोट नगरपालिका–१० वडा कार्यालय, पाण्डबखानी माध्यमिक विद्यालय, नेपाली कांग्रेस वडा समिति, र घुम्टे प्रसारण मिडिया प्रालि संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी संस्थाहरूले श्रद्धाञ्जली पत्र परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए।

Read More

गलकोट नगरपालिका–१० पाण्डबखानीदेखि गलकोट नगरपालिका–७ झिर्कासम्मको मोटरबाटो मर्मत तथा सम्भार कार्य सम्पन्न भएको छ। गत असार १ र २५ गतेको अविरल वर्षाका कारण पहिरोले सडक विभिन्न स्थानमा अवरुद्ध भएको थियो। यसबाट पाण्डबखानीदेखि पोखरासम्म यात्रा गर्ने जनसमुदायलाई आवागमनमा निकै कठिनाइ परेको थियो। यसैबीच, ड्राइभर उत्तम काउचाको नेतृत्वमा डाग्डीखोला देखि झिर्कासम्मको अति बिग्रिएको सडकमा स्वेच्छिक रूपमा मर्मत तथा सुधार कार्य गरिएको हो। स्थानीय बासिन्दा र यात्रुहरूले पटक–पटक वडा कार्यालय तथा नगरपालिका प्रशासनलाई सडक सुधारका लागि ध्यानाकर्षण गराए पनि कुनै चासो नदेखाएको जनगुनासो व्यक्त गरेका छन्।

Read More

सुरेश छन्त्याल\ गलकोट म पत्रकार सुरेश छन्त्याल, गलकोटको माटो र जनताको आवाजसँग गहिरो सम्बन्ध राख्ने एक साधारण तर समर्पित व्यक्ति। मेरो यात्रा कुनै पद वा सम्मानको खोजी होइन, सत्य, सूचना र समाजको सेवामा समर्पण हो। बाल्यकालमै मैले देखेको गाउँको यथार्थ—अभाव, मौन पीडा, अनि आवाजविहीन समुदायको संघर्ष—ले मलाई पत्रकारितातर्फ आकर्षित गर्यो। रेडियोको आवाजमा भविष्य देख्ने र आफ्नो समाजको कथा सबैले सुन्न सक्ने गरी सुनाउने सपना त्यतिबेलै पलाएको थियो। यस यात्रामा सहज बाटो कहिल्यै थिएन। पैदलै गाउँ–गाउँ पुगेर समाचार संकलन गर्नुपर्थ्यो, कहिले आर्थिक कठिनाइ, कहिले दबाब र चुनौतीको सामना गर्नुपर्थ्यो। तर सत्य बोल्ने, तथ्य प्रस्तुत गर्ने, र जनताको पक्षमा उभिने मेरो संकल्प…

Read More

बागलुङ जिल्लाका धेरै खानेपानी मुहानहरूमा दिसाबाट सर्ने जीवाणु कोलिफर्म भेटिएको छ। यो जीवाणुले पानीबाट विभिन्न रोग फैलाउने गर्छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका १० वटा पालिकाका ३४१ पानी मुहान परीक्षण गर्दा १२५ वटा मुहानमा कोलिफर्म भेटिएको हो। सबैभन्दा धेरै संक्रमण जैमिनी नगरपालिकाका मुहानमा देखिएको छ। त्यहाँ १०६ मुहान परीक्षण गर्दा ४२ मा कोलिफर्म भेटिएको छ।त्यस्तै गलकोट नगरपालिकाका ९१ मुहान परीक्षण गर्दा ४० मा, काठेखोला गाउँपालिकाका ४७ मध्ये २७ मा, बडिगाड गाउँपालिकाका ६८ मध्ये १० मा र बागलुङ नगरपालिकाका २४ मध्ये ४ मा कोलिफर्म देखिएको हो। ढोरपाटन नगरपालिकामा परीक्षण गरिएका ५ वटै मुहानमा कोलिफर्म भेटिएको छैन। तर निसीखोला, तमानखोला, ताराखोला र…

Read More

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँडपश्चात सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको हो । यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतममा ५० हजार कित्ता आवेदन दिन सकिनेछ। यस आईपीओको आवेदन दिने अन्तिम मिति साउन १९ गते रहेको छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स…

Read More

नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भय बाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनु भयो। झझनाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भए अनुसार श्रावण…

Read More

ओमसरा घर्ति/काठमाडौं “स्थानीय कला र संस्कृतिको संरक्षण गरौँ” भन्ने नाराका साथ रोल्पा माडी समाज दाङको भेटघाट तथा भेला कार्यक्रम तुलसीपुरस्थित पुरानो यातायात कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।  कार्यक्रमले समाजभित्र आपसी एकता, सहयोग, र सांस्कृतिक चेतनाको विकासमा जोड दिएको छ ।भेलामा करिब १०० जना सहभागिता जनाएका थिए। छलफलमा स्थानीय कला, सांस्कृतिक संरक्षण, सामाजिक सद्भाव र संगठनात्मक सुदृढीकरणका विषयहरू प्राथमिकताका साथ प्रस्तुत गरिएका थिए। कार्यक्रममा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।  नवगठित समिति चयन भएको जसमा अध्यक्ष: कमानसिं घर्ती, उपाध्यक्षहरू, कर्णबहादुर डाँगी, हिरासिं बुढा, मानबहादुर घर्ती , सचिव बलसिं घर्ती मगर, सह–सचिव, सन्तोष नेपाली र कोषाध्यक्ष सुन कुमारी बुढा…

Read More

शोभा जेसी/रुपन्देही लुम्बिनी प्रदेशमा युवा तथा खेलकुद मन्त्रालयले नयाँ नेतृत्व पाएको छ। लोसपाका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि औपचारिक रूपमा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। शपथग्रहण समारोह बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको थियो जहाँ मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, अन्य मन्त्रीहरू र उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रह्यो। मुख्यमन्त्री आचार्यले साउन ११ गते मन्त्रीपरिषद् विस्तार गर्दै सो खाली रहेको मन्त्रालयको जिम्मेवारी सन्तोषकुमार पाण्डेलाई दिएका हुन्। उनको नियुक्तिसँगै लुम्बिनीको युवासम्बन्धी र खेलकुद क्षेत्रको नेतृत्वलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

Read More