घुम्टे खबर

गलकोट नगरपालिका वडा नं १० निवासी रमेश परियारलाई दरमखोलाले बगाएको छ। ४२ वर्षीय परियार माछा मार्ने क्रममा गलकोट नगरपालिका वडा नं ६ स्थित दरमखोलामा आज बिहान ७ः३० बजे खोलाले बगाएको इलाका प्रहरी कार्यालय हरीचौरले जनाएको छ। परियारसँगै माछा मार्न गएका उनका २४ वर्षीय भाई मनोज परियारले प्रहरीलाई खबर गरेपछि खोजीकार्य सुरु भएको हो। अहिले प्रहरी र स्थानीयवासीहरूको सहायतामा तीव्र खोजीकार्य भइरहेको छ। परियार माछा मार्ने क्रममा अचानक खोलाको भेलमा परेका थिए। मनोज परियारले तत्कालै प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालयको टोली, स्थानीय नागरिक तथा अन्य स्वयंसेवकहरूले खोजीमा जुटेका छन्। प्रहरीले खोलाको बहाव र मौसमको अवस्था हेर्दा खोजीमा चुनौती थपिएको बताएको…

Read More

गलकाेट नगरपालिका वडा नं. ११, रिघा अमर्छास्थित अमर्छा बाल विकास केन्द्रको पक्की भवन उद्घाटन समारोह आज सम्पन्न भएको छ। दरमखोला हाईड्रो इनर्जीको आर्थिक सहयोगमा पक्की भवन, शौचालय, र ट्रस्ट निर्माण गरिएको हो। समारोह बाल विकास केन्द्र व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन दल बहादुर पुनको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि दरमखोला हाईड्रो इनर्जीका संचालक राम प्रसाद कंडेल रहेका थिए भने, वडा अध्यक्ष डम्बर बहादुर श्रीस, कार्यपालिका सदस्य तारा कुमारी सार्की, र वडा सचिव देव बहादुर विश्वकर्मा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन शिक्षक नारायण पौडेलले गरेका थिए। मात्रृ विद्यालय किम्ले आ.वि.का प्रधानाध्यापक हिरा बहादुर श्रीसले स्वागत मन्तव्य दिएका थिए। बाल विकास…

Read More

गलकोट नगरपालिका-११, रिघा – आज साउन २८ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यस गलकोट नगरपालिका ११का वडास्तरीय युवा क्लब Active Youth Club of Righa द्वारा युवा दिवस कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रम रिघा वार्ड कार्यलय सभा भवनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित  अतिथिहरू: कार्यक्रममा Active Youth Club of Righa का सदस्यहरू तथा रत्नलक्ष्मी माध्यमिक विद्यालयका कक्षा ९, १०, र १२ का विद्यार्थीहरू पनि उपस्थित थिए। प्रमुख अतिथि तुल वा श्रीस र दिल वा श्रीसले युवाहरूको महत्व र उनीहरूको समाजमा रहेको भूमिकाको बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो। कार्यक्रमको दौरान, आयोजक क्लबका सदस्यहरूले सन्देशमूलक नाटक प्रस्तुत गरे भने…

Read More

२५ साउन, काठमाडौं – जापानका अधिकारीहरूले निकट भविष्यमा शक्तिशाली भूकम्प आउने उच्च सम्भावना रहेको भन्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेका छन्। बिहीबार क्युसु क्षेत्रमा ७.१ म्याग्नेच्युटको भूकम्प गएकाले सरकारले यो चेतावनी जारी गरेको हो। जापानको मौसम विज्ञान एजेन्सीले भूकम्पपछि सुनामी र भीषण हावाहुरीको सम्भावना पनि औंल्याएको छ। नान्काई सूचना प्रोटोकल अन्तर्गत यो विशेष चेतावनी जारी गर्दै, सम्भावित जोखिमबाट बच्नका लागि आवश्यक तयारी गर्न जनतालाई सुझाव दिएको छ। एजेन्सीका अनुसार, नान्काई क्षेत्र र आसपासमा ठूलो भूकम्प आउन सक्ने प्रवल सम्भावना छ। यद्यपि, भूकम्प कहिले आउँछ भन्ने ठ्याक्कै अनुमान लगाउन भने सकिँदैन। सुरक्षा उपायको रूपमा, टोकियोदेखि ओकिनावा प्रिफेक्चरसम्मका क्षेत्रहरूमा स्थानीय तहहरूलाई तयारी…

Read More

सिन्धुली, २५ साउन — सिन्धुलीको सुनकोशी गाउँपालिका-१ मा आज बिहान भएको दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ। सर्लाहीका ३५ वर्षीय गणेश राय काठमाडौंंबाट सिन्धुलीतर्फ गइरहेको पिकअप भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै काभ्रेको धुलिखेल अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भयो। दुर्घटना बिहान करिब पौने ६ बजे भएको हो, जहाँ प्रदेश २-०२-००१ च ०४८७ नम्बरको पिकअप भ्यानले प्रदेश २-०३-००६ प ३७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ३३ वर्षीय धिरेन्द्र ठाकुर पनि घाइते भएका छन्, जसको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर केशव…

Read More

गलकोटकी सफिया पुन काठमाडौं महनगर बाट १ लाख नगदसहित सम्मानित भएकीछिन् । बागलुङकाे गलकोट नगरपालिका वडा नं १०, पाण्डवखानीकी २८ वर्षीया साेफिया पुन त्रिभुवन आर्मी क्लबबाट खेल्छिन्। नेपाली भलिबल टिमका लागि ब्लकरको भूमिकामा खेल्छिन् साथै अहिले नेपालको उत्कृष्ट खेलाडीभित्र पर्छिन्। सन् २०१९ मा दक्षिण एसियाली खेलकुदमा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन्। त्रिभुवन आर्मी क्लबमा गरेको प्रदर्शनका कारण उनी राष्ट्रिय टोलीमा छनोट भएकी हुन्। त्रिभुवन आर्मी क्लबकी सफिया पुन आठौं आरबीबी-एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गत कर्णाली प्रदेशविरुद्ध जितमा प्लेयर अफ द म्याच भएकी थिन्। काभा महिला भलिबल प्रतियोगितामा नेपाललाई फाइनलसम्म पुर्‍याउन ठूलो भूमिका खेलेकी उनी धेरै जना युवा खेलाडीको लागि प्रेरणाको…

Read More

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि पुनः भारतले उचालेको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भर्खरै सकिएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ सेटले पराजित गर्दै लगातार उपाधि उचालेको हो। पहिलोपटक काभा नेसन्स लिगको उपाधि उचाल्ने नेपालको सपना पुनः चकनाचुर भएको छ। सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो।लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा निराश बन्न पुग्यो। खेलको पहिलो सेटमा नेपालले नै अग्रता लिएको थियो। नेपालले पहिलो सेटमा भारतलाई २५–२३ मा पराजित गरेको थियो। दोस्रो सेटमा भने भारतले सानदर पुनरागमन गर्दै नेपालमाथि २५–१४ को जित निकालेको थियो। तेस्रो सेटमा…

Read More

गलकोट नगरपालिका–१०, पाण्डबखानीमा अवस्थित घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। क्लबका अध्यक्ष दिप घर्तिको अध्यक्षतामा बसेको बैठकमा विभिन्न विषयमा छलफल गरी महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको छ।बैठकमा नियमित रूपमा बैठक बस्ने व्यवस्था गर्ने निर्णय गरिएको छ। साथै, वैशाख पूर्णिमा मेलाको व्यवस्थापन, हालसम्मका पदाधिकारीहरूको नाम लिखित रूपमा दर्ज गर्ने, प्लेक्स बोर्ड बनाइ टाँस्ने, र पदपूर्तिसम्बन्धी विषयमा विस्तृत छलफल गरियो। बैठकले सदस्यता वितरणको प्रक्रिया पनि अघि बढाउने निर्णय गरेको छ। सदस्यहरूको सक्रिय सहभागिताले बैठकले निर्धारित एजेण्डाहरूमा सकारात्मक निष्कर्षमा पुगेको अध्यक्ष घर्तिले जानकारी दिए। नयाँ कार्यसमितिले मञ्चको उद्देश्य अनुरूप अगाडि बढ्न र स्थानीय स्तरमा साँस्कृतिक तथा प्राकृतिक…

Read More

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक (मौका) परीक्षा आगामी भदौ २५ र २६ गते सञ्चालन गर्ने भएको छ। परीक्षा दिन योग्य परीक्षार्थीहरूलाई दुई दिनको समय तालिका तयार गरिएको छ। परीक्षा नियमहरू: •परीक्षामा भाग लिनका लागि अधिकतम दुई विषयमा मात्र ‘NG’ (Not Graded) आएकाहरूले मात्र यस पुरक परीक्षामा सहभागी हुन पाउनेछन्। •तीन वा सोभन्दा बढी विषयमा ‘NG’ आएको परीक्षार्थीहरूले आगामी वर्ष पुन: NG आएको विषयहरूको परीक्षा दिनुपर्नेछ।

Read More

नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण फेरि रोकिएको छ। नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माले यसबारे जानकारी गराउँदै करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको बताएका छन् । शर्माका अनुसार, डेढ वर्ष अघि सञ्चार मन्त्रालयले विदेशी च्यानलको प्रसारणमा आलार्काटा प्रणाली लागू गर्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो। तर, इन्टरनेट प्रदायक कम्पनीहरूको असहयोगका कारण यो प्रणाली कार्यान्वयनमा समस्या आएको छ। उनले इन्टरनेटको पहुँच बढेसँगै टेलिभिजन हेर्ने जनसङ्ख्यामा कमी आउन थालेको र विदेशी च्यानलहरूले पनि मनपरी पैसा उठाउने गरेको उल्लेख गरेका छन्। यसैबीच, विदेशी च्यानलहरूले १५ महिनाको बक्यौता रकम नपाएका कारण नेपालमा प्रसारण बन्द गरेको शर्माले बताएका छन्। यो घटनाले…

Read More