मेरो श्रीमान सँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसे । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो..
त्यसपछि म मेरो केहि झुटा आफन्त र केहि माइतिको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन … उल्टो श्रीमानलाई दाइजो प्रथाको झुठो केशमा फसाइदिए ..
६ बर्ष भएछ म माइतीघरमा बसेकी छु, केश झुटो थियो त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो…
उहाँले धुमधाम सँगले दोस्रो बिबाह गर्नुभयो…. आज सोची रहेकी छु, मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी थिए भने आज मेरो पनि १/२ बच्चाहरु हुनेथिए र म पनि मेरो साथीहरु जसरी खुशीका साथ आफ्नो श्रीमानको साथमा बस्ने थिए….।
साथ कसैले दिनेवाला छैनन्, सल्लाह सबैले दिन्छन् ।… अन्त्यमा आफ्नै जिन्दगी बर्बाद हुन्छ ….
अर्काको कुरा सुनेर सम्बन्ध टुक्र्याएर पछि पछुताउनु भन्दा २/४ दिन रिसाएर श्रीमान सँग नबोल्नु नै बेस हुन्छ।
स्राेत – सामाजिक संजाल