गुल्मी, मालिका गाउँपालिका-२ दर्लिङ्ग अडारेकी २७ वर्षीय माया रोका मगरको घर लिप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका
अनुसार, माया मगर आफ्नो घरको बाहिरको दलान लिप्दै गर्दा मुसाले काटेर नाङ्गो बनाएको तारमा अचानक छुन गई करेन्ट लागेकी थिइन्। घाइते अवस्थामा उनलाई उपचारको लागि गुल्मी अस्पताल लगिएको भए पनि, अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
घटना सोमबार दिउँसो करिब साढे ३ बजे भएको हो।

