गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार असोज १२ गते आएको बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन्।
१७८ जना घाइते भएका छन् र प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ।
काठमाडौं उपत्यका, काभ्रेलगायत बागमती क्षेत्रमा ठुलो क्षति पुगेको छ। अवरुद्ध राजमार्ग मर्मत र सहायता परिचालनका लागि प्रयास जारी रहेको प्रवक्ता तिवारीले बताए।