बुद्ध शिक्षाको शुभ प्रभात,
जहाँ लुम्बिनीको माटोले फेरि सम्झिन्छ ।
शान्तिको यात्रा यहीँबाट शुरु भएको थियो।
बुद्ध केवल अतीतका स्मृति होइनन्,
उहाँ त वर्तमानको मार्गदर्शक,
र भविष्यको सम्भावना हुनुहुन्छ।
आज, जब विश्व अशान्त छ ।
जहाँ युद्धका गर्जन, स्वार्थका योजनाहरू,
र जलवायुका चिसा सन्देशहरू बजिरहेका छन्,
त्यहाँ बुद्धको मधुर वाणी
अहिंसा, करुणा, समता
नयाँ सन्दर्भमा झनै आवश्यक देखिन्छ।
नेपाल, जहाँ बुद्ध जन्मिए।
हामीले उहाँलाई पूजा त गर्छौं,
तर के हामीले उहाँको बिचार बुझेका छौं?
हामी अझै द्वन्द्वको डर, विकासको अन्योल,
र विभाजनको राजनितिमा अल्झिएका छौं।
तर आशा बाँकी छ ।
जसरी बुद्धले अज्ञानताको अन्धकार चिर्नु भयो,
हामीले पनि शिक्षाको उज्यालो फैलाउनु पर्छ।
हामीले सहिष्णुता बोल्नु पर्छ,
जात, धर्म, भाषा भन्दा माथि उठेर,
मानवता, समानता, र प्रकृति प्रेममा रमाउनु पर्छ।
बुद्ध शिक्षा आज फेरि सम्झाउँछ ।
शान्ति आत्माबाट सुरु हुन्छ।
यदि हरेक नेपालीले
एक थोपा करुणा बोकेर हिँड्न सक्यो भने,
नेपाल एक पटक फेरि
शान्तिको पाठशाला बन्न सक्छ।
त्रिरत्न, चार आर्य सत्यको बाटोमा
अष्टाङ्गिग मार्गको पदचापमा
शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न
बुद्ध शिक्षामा जोड दिँदै
शान्ति मार्गमा लागौ ।
सल्लाह यही हो ।
बुद्धको दर्शनलाई जीवनशैली बनाऔं,
आफ्नो सोच र व्यवहारमा उज्यालो ल्याऔं।
बुद्ध शिक्षामा,
शुभकामना मात्र होइन,
शान्तिको संकल्प गरौं ।
स्वयंभूको बत्ती जस्तै,
अन्धकार चिर्दै अघि बढौं।
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर, बागलुङ

