“जनसंख्या र सम्भावनाको सन्तुलन”
विश्व जनसंख्या दिवसको सन्दर्भमा
विश्वको इतिहास हेर्दा,
जनसंख्याको बसाई सराई सँगै
सभ्यता सरे, संस्कृतिहरू फुले।
एक ठाउँबाट अर्को ठाउँमा
काम, खाने, बाँच्ने खोजीमा
मानिसहरू बगिरहेका थिए, समय सँगै।
तर आज, जहाँ कोही धेरै छन्,
त्यहाँको जमीन थाकेको छ,
शहरहरु अँगालो फैलिएर बाँझो जमिन गनगनाउँछ।
र गाउँ खाली छन्, बाँच्न गाह्रो
तर सम्भावनाहरू ओगटिरहेका।
जनसंख्याले प्रतिस्थापन होइन,
सन्तुलन खोज्नुपर्छ,
किनभने जीवनको मूल्य,
सङ्ख्यामा होइन, गुणस्तरमा हुन्छ।
कसरी होस् जनसंख्या व्यवस्थापन?
गुणस्तरीय शिक्षा — सबैका लागि,
स्वास्थ्य सेवा — पहुँच योग्य,
रोजगार सृजना — सीप अनुसार।
परिवार योजना — बुझेको, अपनाएको,
सामाजिक सचेतना — गहिरो र बहस युक्त।
कुनै ठाउँमा धेरै छ भने,
कुनै ठाउँ रित्तो — त्यो असन्तुलनले
भविष्य अन्धकार बनाउँछ।
त्यसैले,
सरकार, समाज र जनताले
साझा जिम्मेवारी लिनुपर्छ।
शहर मात्र होइन, गाउँ पनि
बाँच्न लायक बनाउनु पर्छ।
जनसंख्या सुखी हुन्छ
जब बाँच्नका आधारहरू समान हुन्छन्।
खाली पेट र भरिएको शहर
यी बिचको खाडल मेट्नु पर्छ।
सकारात्मक सोच,
शिक्षा, सहभागिता र योजना सहित
जनसंख्या व्यवस्थापनको यो यात्रामा
सबैले हातेमालो गरौं।
विश्व जनसंख्या दिवस २०२५ को सन्देश
“सन्तुलन नै सम्भावना हो।”
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर, बागलुङ

