“छ नी मनमा पिर” शीर्षकको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ। यो गीतलाई गायिका रेखा थापा मगर र शान्ति परिवार ले स्वर दिएका छन्।
गीतको लय र शब्द दुवै रेखा थापा मगरले लेखेकी हुन्। गीतमा सहायक स्वरमा राजिव गाउले, हस्त बोगटी, तुलसी बिक र कल्पना मल्ल को योगदान रहेको छ।
अडियो रेकर्डिस्ट प्रकाश लामा र भिडियोको छायांकन शिव पराजुली, नवीन न्यौपानेले गरेका थिए, भने गीतको छायांकन र सम्पादन कार्य मञ्जरी लाइभ स्टुडियो (सामाखुसी, काठमाडौं) मा गरिएको थियो।
पुरा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्: https://youtube.com/watch?v=NTE1iSLEcvw&si=zKBPDkQKfhH5VMeg

