गलकोट नगरपालिका–१० पाण्डवखानीमा आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाबाट स्वीकृत योजनाहरूको कार्यसम्पादनको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो। अभिमुखीकरणमार्फत चालु वर्षमा स्वीकृत ११ वटा योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र शर्माले दिनुभयो। गलकोट नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. १० का सम्पूर्ण जनप्रतिनिधि, वडा सचिव धनुसरा बडुवाल, प्राविधिक नेत्रप्रसाद लामिछाने, वडा नं. ६ का सचिव कमल सापकोटा, योजना सहायक ठाकुर तिमिल्सेना तथा उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम गलकोट नगरपालिका–१० को वडा कार्यालय, पाण्डवखानीमा सम्पन्न गरिएको हो।
