गलकोट नगरपालिका–१०, पाण्डबखानीमा अवस्थित पाण्डबखानी माध्यमिक विद्यालयमा आइतबार नवगठित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघको पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा विद्यालयको विद्यमान शैक्षिक, भौतिक तथा आर्थिक अवस्थाबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिएको थियो। साथै शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिका लागि आगामी दिनमा गर्नु पर्ने कामहरू लगायत विभिन्न महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल गरी निर्णय गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रधानाध्यापक नवीन सुनारले गर्नु भएको थियो।

