नेपाली कांग्रेस वडा समिति पाण्डबखानीको आयोजनामा क्रियाशील सदस्यहरूबीच भेटघाट तथा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पार्टीलाई आगामी दिनमा कसरी थप प्रभावकारी रूपमा अगाडि बढाउने, संगठनलाई सुदृढ र शुद्धीकरण गर्ने, तथा आगामी निर्वाचनमा कसरी सफलता हासिल गर्ने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, प्रत्येक टोल–टोलमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गर्ने, पार्टीको झण्डा र स्टिकर (छाप) वितरण गर्ने निर्णयसमेत गरिएको जानकारी दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै तिलक घर्ति ले घण्टी पार्टी अत्यधिक प्रचारवादी मात्र भएको, स्पष्ट भिजन र लक्ष्य नभएको टिप्पणी गर्नुभयो। उहाँले नेपाली कांग्रेस सधैं जनताको सुख–दुःखमा साथ दिँदै आएको र आगामी दिनमा पनि जनताको हरेक समस्यामा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी कार्यक्रममा जिल्ला सदस्य रामप्रसाद वि.क, बरिष्ठ समाजसेवी मानसिह छन्त्याल, वडा अध्यक्ष तथा क्रियाशील सदस्य भक्त काउचा, क्रियाशील सदस्य रामप्रसाद काउचा लगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम दिप घर्ति को सभापतित्वमा सम्पन्न भएको थियो।

