गलकोट नगरपालिका–१० पाण्डबखानीस्थित माध्यमिक विद्यालयबाट सरुवा भई फुर्से आधारभूत विद्यालयमा जान लाग्नु भएकी शिक्षिका विद्या श्रीस लाई विदाइ तथा “फेरि भेटौँला” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सहायक प्रधानाध्यापक रमेश चौधरी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षता नविन सुनार ले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा तिलक घर्ति को उपस्थिति रहेको थियो।
यसै अवसरमा जिल्ला स्तरको कक्षा ५ को परीक्षामा खटिनु भएका निरक्षकहरू भविन्द्र गौतम र भोलानाथ केवट लाई समेत विदाइ गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले विद्या श्रीसको योगदानको उच्च प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको कामना व्यक्त गरेका थिए। साथै सबैलाई “फेरि भेटौँला” भन्दै भावुक वातावरणमा कार्यक्रम सम्पन्न गरिएको थियो।

